दमौली । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले तनहुँको दमौलीमा नयाँ डिलर सुरु गरेको छ । 

एमएडब्लुले आफ्नो नयाँ डिलर मोर्डन अटो वक्र्समार्फत ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले दमौलीमा यामाहा मोटरसाइकलको डिलरसिप स्थापना गरिएको हो । 

नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि उद्योग वाणीज्य संघ तनहुँका कृष्णराज पण्डित र हाँस्य कलाकार सन्दिप क्षेत्रीले भव्य कार्यक्रमबीच गरेका थिए । उद्घाटनअघि बजारमा यामाहा मोटरसाइकलहरुको र्याली आयोजना गरिनुका साथै सन्दिप क्षेत्रीले स्यान्ड अप कमेडी प्रस्तुत गरेका थिए । सो अवसरमा मोटरसाइकल स्टन्ट पनि देखाइएको थियो ।

दमौलीको केन्द्रमा अवस्थित मोडर्न अटो वक्र्सबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउनेछन् । ‘विश्वमै परिचित ब्रान्डको सोरुम स्थापना गर्न पाउँदा गौरव महसुस गरेका छौं,’ मोडर्न अटो वक्र्सका प्रबन्ध निर्देशक वसन्त गिरीले भने, ‘यहाँ यामाहाका मोटरसाइकलको लोकप्रियता धेरै छ । अब यामाहाका मोटरसाइकल किन्न अन्त धाइरहनु पर्दैन । शोरुममा हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन हुनेछन् जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन् ।’

नयाँ शोरुममा यामाहाका सबै मोडेलका मोटरसाइकल र स्कुटरहरु उपलब्ध हुनेछन् । एमएडब्लुले यसै वर्ष स्पोर्टी स्कुटर रे जेडआरलाई नेपालमा ल्याएको थियो । यसबाहेक बजारमा यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो, रेजी र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । 

नेपालमा रेसिङ कल्चर भित्र्याउने श्रेय पाएको आर १५ को डिजाइन र इन्जिन रेसिङ बाइक आर १बाट प्रभावित छ जुन युवामाझ निकै लोकप्रिय छ । यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।