काठमाण्डौ । यामाहा कम्पनीले जापानको टोकियो आयोजित ‘मोटर शो – २१०९’ आफ्नो फरकशैलीको तीनपांग्रे स्कुटर सार्वजनिक गरेको छ ।

यो स्कुटर ३ सीटी कन्सेप्टमा आधारित छ । यद्यपि कम्पनीले यो स्कुटरको स्पेसिफिकेसन्स र मूल्यका बारेमा अहिलेसम्म अफिसियल जानकारी दिएको छैन ।

दुईपांग्रे कम्पनी याहामाले तीनपांग्रे स्कुटर ट्रिसिटी ३०० सार्वजनिक गरेको हो । यो स्कुटरको फ्रन्टमा दुईवटा पांग्रा लगाइएको छ । यसले स्कुटर अन्यको तुलनामा निकै भिन्न देखिन्छ ।

कम्पनीले अर्बन मोबिलिटीलाई ध्यानमा राखेर यसलाई विशेष डिजाइनका साथ बनाएको हो ।

यो स्कुटरमा २९२ सीसीको इन्जिन रहेको छ । यसमा लिक्विड कुल्ड, ४ स्ट्रक, ४ बल्ब, सिंगल सिलिन्डर र एसओएचसी टाइप इन्जिन रहेको छ । स्कुटरको तौला २३९ किलो रहेको छ । यसको फ्युल ट्यांक क्षमता १३ लिटर रहेको छ ।

यो स्कुटर तीन रङमा पाइने कम्पनी स्रोत बताउँछ । कम्पनीले यो स्कुटर लामो यात्रा र हाइवेमा चलाउन निकै शानदार हुनेछ ।

यामाहाको यो स्कुटरसँग सम्बन्धित अन्य फिचर्स र स्पेसिफिकेसन्सका बारेमा ईआईसीएमए २०१९ मा जानकारी सार्वजनिक हुने बताइएको छ । कम्पनीले यो स्कुटरको एउटा भिडियो आफ्नो अफिसियल वेबसाइटमा राखेको छ । – एजेन्सी