काठमाण्डौ । बिजिनेशको प्रवृति पनि जीवनसँग मेल खान्छ । यहाँ जीवनमा झै सबै कुरा सधैं एकैनाशको हुन्न । उतारचढावले भरिपूर्ण यात्राको क्रममा कतिपय अवस्थामा पाइने असफलताले हामीलाई निराश बनाइदिनसक्छ, मनलाई टुटाइदिनसक्छ । यहीकारण हामीले अगाडिको यात्रा तय गर्न सक्दैनौ र बिजिनेशमा भएको घाटा हाम्रो असफलताको नमीठो कथा बनिदिनसक्छ ।

बिजिनेश गर्ने तरिकाको बिषयमा जानकारी दिने विश्वचर्चित एक वेबसाइटका अनुसार बिजिनेशको असफलतालाई सफलतामा परिणत गर्ने हो भने केही रणनीति अख्तियार गर्नुपर्छ, जसले असफलतालाई सहजै सफलतामा परिणत गरिदिन्छ ।

कतिपय अवस्थामा हामीले अप्रोच(पहुँच)का कारण समेत बिजिनेशमा घाटा खाइरहेका हुन्छौ । हामीले कोहीसँग पनि कुराकानी नगर्नु, सही सल्लाह नलिनु, साथै समयमा कुनै पनि काम नगर्ने जस्ता प्रवृति पनि बिजिनेशमा असफल हुने मुख्य कारण हुनसक्छन् । आउनुहोस् : तपाई पनि जान्नुहोस् बिजिनेशको असफलतालाई सफलतामा परिणत गर्ने केही सूत्रहरुको बिषयमा । यी सूत्र फलो गरे बिजिनेशमा पाइने असफलतालाई सफलतामा परिणत गर्न सकिन्छ । 

आफ्नो समस्यालाई लेख्नुुहोस्
जब समस्या आउँछ, तब कलम र कापी लिएर लेख्न बस्ने गर्नुहोस् । पहिला त्यहाँ आफ्नो समस्या वा हैरानी लेख्नुुहोस् र त्यसपछि तपाईको बिचारमा त्यसको समाधानको बिषयमा पनि लेख्नुुहोस् । 
यसबाट के हुन्छ ?
असफलताका कारण तपाईको मनमा उकुसमुकुुस भएर गुम्सिएको भावना कलमको माध्यमबाट बाहिर आउँछ र मन हलुका हुन्छ । यसबाट तपाई पुनः उठेर नयाँ संघर्षका लागि प्रोत्साहित हुन सक्नुुहुन्छ । यस्तो प्रक्रियाबाट तपाईले नयाँ उर्जा प्राप्त गर्नुहुन्छ । 

प्रियजनसँग भेट्नुहोस्
जब यस्तो मुश्किलको सामना गर्नुपर्छ, त्यस्तो बेलामा तपाईलाई महत्व दिने, तपाईको केयर गर्ने प्रिय मान्छेसँग भेट्नुहोस् । यस्तो व्यक्ति तपाईको कुनै नजिकको साथी वा पारिवारिक सदस्य पनि हुनसक्छ । 
यसबाट के हुन्छ ?
यदि तपाईले यस्ता व्यक्तिहरुसँग बसेर आफ्नो पीडा सेयर गर्नु भएन भने पनि यस्ता व्यक्तिबाट तपाईलाई हौसला प्राप्त हुन्छ । उसले दिने सहानुुभूतिले तपाईलाई भित्रैदेखि बल दिनेछ । 

सानातिनो काम गर्नुहोस्
असफलताका कारण धेरै नै निराश भए पनि सानोतिनो काम गरिरहनुुपर्छ, त्यसै बस्नुुहुन्न । यसमा घरको सरसफाईदेखि कपडा धुने लगायतका कामसम्म पर्न सक्छन् । 
यसबाट के हुन्छ ?
यसो गर्दा तपाईको ध्यान कामतिर हुनेछ र बिजिनेशमा असफल हुँदा आएको निराशाबाट तपाईमा हुने डिप्रेसनको समस्या क्रमशः हराउँदै जानेछ ।