काठमाण्डौ । तपाई होटल, बस स्टप, बस, एयरपोर्ट तथा अन्य अड्डाहरुमा फ्री वाईफाई प्रयोग गर्नुहुन्छ ? हो भने तपाई सचेत बन्नुपर्छ । इन्टरनेटमा जोडिने हतारोले तपाईले फ्री वाईफाई निकै असुुरक्षित हुन्छ भन्ने यथार्थलाई भुुल्नुुहुन्न । पछि पछुताउनु भन्दा पहिला नै सचेत हुनु बुद्धिमानी मानिन्छ । यसकारण फ्री वाइफाइ तपाईको बर्बादी नबनोस् भन्नका लागि तपाईले यसको प्रयोगको क्रममा केही महत्वपूर्ण बिषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ । लापरबाही गर्नुभयो भने तपाईको स्मार्टफोनबाट कयौं महत्वपूर्ण जानकारी चोरी हुनसक्छ । आउनुहोस्, पढौं फ्री वाइफाई प्रयोग गर्नुअघि जान्नुपर्ने ७ महत्वपूर्ण कुरा :

फोनको अपरेटिङ सिस्टमको अपडेट 
अपरेटिङ सिस्टमले केवल स्मार्टफोन प्रयोगको जरुरी टुल्स मात्र उपलब्ध गराउँदैन, यसले संभावित खतराबाट समेत तपाईलाई बचाउँछ । समय–समयमा कम्पनीहरुले सेक्युरिटी अपडेट्स जारी गरिरहेका हुन्छन्, सोहीअनुसार तपाई पनि अपडेट हुनुुभयो भने तपाईको स्मार्टफोनको समस्या मात्र हल हुँदैन, यसले खतराबाट पनि बचाउँछ । यसकारण तपाईले सधैं आफ्नो स्मार्टफोनको सफ्टवेयर अप–टु–डेट राख्नुपर्छ । यसले फ्री वाइफाई प्रयोगको क्रममा हुनसक्ने खतराबाट पनि तपाईलाई जोगाउँछ । 

मोवाइल एन्टीभाइरस टुल्सको प्रयोग
पब्लिक फ्री वाइफाई प्रयोग गर्नुअघि आफ्नो मोवाइलमा सेक्युरिटी सफ्टवेयर इन्स्टल छ कि छैन सुनिश्चित गर्नुपर्छ । आइओएस डिभाइसमा खास समस्या हुन्न, तर एन्ड्रोइडमा मालवेयर आउनसक्छ । यस्तो अवस्थामा कयौं यस्ता एन्टी भाइरस प्रयोग गर्न सकिन्छ, जसमा फायरवेल, मेलवेयर स्क्यानिङ र रिमूूभल जस्ता विशेषता हुन् । खासमा पब्लिक वाइफाइको प्रयोग गर्दा अन्य डिभाइसबाट मेलवेयर भाइरस तपाईको फोनमा सर्नसक्छ । यो तपाईको सानो गल्तीले पनि हुनसक्छ । कतिपय अवस्थामा ह्याकरले जानी–जानी यस्तो काम गरिरहेको पनि हुनसक्छ । एन्टी मेलवेयर एप्स यो अवस्थामा सहयोगी बन्नसक्छ । 

स्लो वाइफाई खतरनाक हुनसक्छ
यदि तपाईले कुनै सार्वजनिक स्थानमा फ्री वाइफाई कनेक्ट गर्नुभयो र त्यसको गति ढिलो(स्लो) छ भने तुरुन्त डिसकनेक्ट गरिहाल्नुुहोस् । यदि फ्री वाइफाई प्रयोगको क्रममा साइन इन पेजमा जाने झञ्झट छ भने पनि तुरुन्तै डिसकनेक्ट गरिहाल्नुहोस् । राउटर भाइरसको चपेटामा परेका कारण पनि तपाईले प्रयोग गरिरहेको फ्री वाइफाईको गति ढिलो भएको हुनसक्छ । त्यति मात्र होइन, तपाई मेन राउटरको साटो अन्य कुनै राउटरमा कनेक्ट भएको समेत हुनसक्नुुहुन्छ । अथवा, तपाई डेटाको अन्य कुनै डिभाइसबाट समेत कनेक्ट भइरहेको हुनसक्नुुहुन्छ । खासगरी साइबर अपराधीहरु आफ्नो आसपासमा कुनै फ्री वाईफाई छ कि छैन भनेर खोजी गरिरहेका हुन्छन् । उनीहरुले त्यस्तो वाइफाइको कनेक्सनलाई नक्कली राउटरसँग जोडेर अपराध कर्म गर्न सक्छन् । नक्कली राउटरलाई आफ्नो नियन्त्रणमा लिएर त्यो कनेक्सनबाट आवतजावत हुने सबै डाटामा ह्याकरले कब्जा जमाउन सक्छन् । 

बैकिङ र सपिङ गर्नबाट बच्नुुहोस्
पब्लिक वाइफाईको प्रयोगबाट अनलाइन बैकिङ र सपिङ गर्नु त झनै खतरनाक हुन्छ । यस्तो अवस्थामा ह्याकरले तपाईको बैंक अकाउण्टको डिटेल्स स्क्यान गर्नसक्छ । यदि कुनै अत्यावश्यक अनलाइन कारोबार गर्नुछ भने मोवाइलको डाटा मात्र प्रयोग गर्नुहोस् । ब्राउजरमा गएर नेट बैकिङ गर्नुको साटो बैंकको अफिसियल एपको प्रयोग गर्नुहोस्, किनभने त्यस्ता एप्समा एनक्रिप्सन हुन्छ । सुरक्षित एप्समार्फत मात्र सपिङ गर्ने गर्नुहोस् । 

टू फ्याक्टर अथेन्टिकेसन अपनाउनुहोस्
यदि तपाई प्राय फ्री वाइफाई नै प्रयोग गर्नुहुन्छ भने आफ्ना सबै अनलाइन अकाउण्ट्स, खासगरी पर्सनल जिमेल तथा बैंक अकाउण्ट्समा टू फ्याक्टर अथेन्टिकेसनको टूूल्सलाई अन गर्नुहोस् । यस्तो टुल्समा सामान्य पासवर्डको अलावा आफ्नो मोवाइल फोनमा आउने ओटीपी पनि हाल्नुपर्ने हुन्छ । यो बिना तपाईले लगइन गर्न सक्नुुहुन्न । यो विधिबाट यदि पब्लिक वाइफाइबाट कसैले तपाईको पासवर्ड पत्ता लगायो भने पनि ओटीपी प्रयोग गरिएको छ भने त्यसले तपाईको केही बिगार्न सक्दैन । 

काम सकिएलगत्तै डिसकनेक्ट गर्नुहोस्
धेरै मानिस यो बिषयमा ध्यान दिंदैनन् । यदि तपाईले वाइफाइमा आफ्नो काम सक्नुुभयो भने तुरुन्तै आफ्नो स्मार्टफोन वा ट्याबको वाइफाई डिसकनेक्ट गर्नुपर्छ । वाइफाई डिसेबल भएन भने कसैले तपाईको डिभाइसमा भाइरस हालिदिनसक्छ । 

भिपिएनबिना सार्वजनिक वाइफाई कनेक्ट नगर्नुहोस्
पब्लिक वाईफाई प्रयोगको क्रममा हुनसक्ने खतराबाट बच्न तपाईले भिपिएनको प्रयोग गर्न सक्नुुहुन्छ । पहिला ल्यापटप तथा डेस्कटपमा मात्र भर्चुअल प्राइभेट नेटवर्क(भिपिएन)को प्रयोग गर्न सकिन्थ्यो, तर अब यसको एप्स समेत उपलब्ध छ । यो एप्स सुरक्षित भिपिएन सर्भरबाट कनेक्ट गरिन्छ र यसले तपाईको डाटालाई एनक्रिप्ट गरिदिन्छ । भिपिएनको अन्य धेरै फाइदा समेत छन् । जस्तो यदि तपाईको देशमा कुनै वेबसाइट ब्लक गरिएको छ भने भिपिएनबाट तपाईले त्यसलाई मज्जाले हेर्न सक्नुुहुन्छ ।