काठमाण्डौ । ज्ञानकै अभावमा सेयर बजारमा प्रवेश गर्न नसक्नेहरुको जमात नेपालमा ठूलै छ । लगानी गर्न चाहने, तर सेयर बजारको बिषयमा चेतना नहुँदा कुण्ठित हुनेहरुलाई लक्षित गरी धितोपत्र बोर्ड, नेप्से तथा अन्य निजी स्तरबाट समेत सचेतना कार्यक्रम गर्न थालिएको धेरै भएको छैन । तर, सबै क्षेत्रका सबै नागरिकसम्म सेयर चेतना पुग्न नसकेको तीतो यथार्थ समेत हामीसँगै छ । 

त्यसो त बजारमा कारोबार थालेका वा लगानी सुरु गरिसकेका कतिपय नयाँ लगानीकर्ताहरुले समेत हल्लाको भरमा वा साथीभाई, आफन्तको सुझावलाई पछ्याउँदै सेयर खरीद तथा बिक्रीको निर्णय गर्ने गर्दछन् । आफैंले नबुझी अरुले भनेको भरमा यसरी लगानी गर्नु निकै जोखिमपूर्ण मानिन्छ ।

उसो भए बजारमा लगानी गर्नुअघि के के कुरामा ध्यान दिने त ? यदि तपाई धितोपत्र बोर्डको जाउलाखेलस्थित कार्यालय पुग्नुभएको छैन भने यो जानकारीमूलक सूचना तपाईका लागि निकै काम लाग्नसक्छ । हामीले नयाँ र बजारको बिषयमा जानकारी नभएका लगानीकर्तालाई लक्षित गरी धितोपत्र बोर्डले तयार गरेको यो सामाग्री जस्ताको तस्तै राखेका हौ: