काठमाण्डौ। विश्वमै अहिले कार र बाइकप्रति क्रेज बढिरहेको छ। यसलाई ध्यानमा गाडी निर्माता कम्पनीहरुले नयाँ–नयाँ फिचर र मोडलका गाडीहरु बजारमा ल्याइरहेका छन्।

अहिले बजारमा निकै चर्चामा रहेको केटीएमको ड्युक २०० र ड्युक ३९० का विषयमा यहाँ विस्तृत रुपमा चर्चा गर्न गइरहेका छौँ। साथै भितारा ब्रेज्जा र बीएमडब्लू एक्स वान कारका फिचरहरुका बारेमा पनि जानकारी दिन गइरहेका छौँ।

केटीएमले ल्यायो शानदार लुकसहितको बाइक

केटीएमले ड्युक २०० र ड्युक ३९० बाइक्स भारतमा यही अप्रिलदेखि लागू हुन लागेको नयाँ एमिसन नम्र्सअनुरुप अपग्रेड गरेको छ। बीएस ६ मा अपग्रेड गर्नुका साथै कम्पनीले ड्युक २०० को स्टाइलिङमा पनि केही बदलाव गरेको छ। यसमा कम्पनीले हल्का स्प्लिट ट्रेलिस फ्रेम र नयाँ हेडल्याम्प दिएको छ। यसका साथै बाइकको फ्युल ट्यांकको डिजाइनमा पनि केही परिवर्तन गरिएको छ। जुन निकै आकर्षक छ। 

ड्युक ३९० र २०० को मूल्य

ड्युक २०० मा १९९.५ सीसी लिक्विड–कुल्ड इन्जिनि रहेको छ। जसले २४ बीएचपीको पावर र १९.३ एनएम पिक टार्क उत्पादन गर्न सक्छ। यो बाइक दुई नयाँ कलर अप्सनमा पेस गरिएको छ। यिनै अपडेटका साथै अब केटीएम २०० ड्युकको मूल्य भारु १.७३ लाख हुनेछ। 

त्यस्तै केटीएम ड्युक ३९० ३७३.३ सीसी सिंगल सिलिन्डर इन्जिनमा आएको छ। यसले ४३ बीएचपी पावर र ३६ एनएम पिक टार्क उत्पादन गर्न सक्छ। यो बाइकमा राइड बाई वायर, स्लिपर क्लच, सुपरमोटोका साथै ड्युल च्यानल एबीएस, टीएफटी डिस्प्ले र एलईडी हेडल्याम्पजस्ता फिचर्स पनि समावेश गरिएको छ। यिनै अपडेटका साथै यो बाइकको मूल्य भारु २.५३ लाख राखिएको छ। 

भितारा ब्रेज्जा

मारुती सुजुकीको नयाँ २०२० भितारा बे्रज्जाको फेसलिफ्ट एडिसन भारतीय बजारमा सार्वजनिक गरिएको छ। यो कारमा अब पेट्रोल इन्जिन दिइएको छ। जब कि यो कार पहिला केवल डिजेल इन्जिनको अप्सनमा आउँथ्यो। अब यो कार १.५ लिटरको के–सिरिज बीएस सिक्स इन्जिन दिइएको छ। जसले ६ हजार आरपीएम मा १०३.२५ एचपीको पावर र ४४०० आरपीएम मा १३८ एमको पिक टार्क उत्पादन गर्ने क्षमता राखेको छ। 

यो कारमा नयाँ बीएस सिक्ट पेट्रोल इन्जिनको ५ स्पिड म्यानुअल ट्रान्समिसन र ४ स्पिठ टार्क कन्भर्टर अटोमेटिक अप्सन पनि दिइएको छ। यो कारमा एक लिटर पेट्रोलमा १७ किलोमिटरसम्मको यात्रा गर्न सकिन्छ। 

यो कारको एक्स शोरुम मूल्य भारु ७.३४ लाख रहेको छ। यो कार ग्रेनाइट ग्रे, टार्क ग्रे, पर्ल आर्कटिक ग्रे, प्रिमियम सिल्भर र अटम अरेन्जजस्ता ५ कलर अप्सनमा पाइनेछ। 

बीएमडब्लू एक्स वान

बीएमडब्लू इन्डियाले भारतीय बजारमा आफ्नो दोस्रो जनरेसन बीएमडब्लू एक्स वान कार पेस गरेको छ। यो कार अब नयाँ डिजाइन, आकर्षक फिचर्स, शानदार ड्राइभित्रङ डायनामिक्स र कन्फर्टका साथ बजारमा ल्याइएको छ। यो कारमा बीएस सिक्ट पेट्रोल र डिजल इन्जिन दिइएको छ। 
यो कार २ लिटर पेट्रोल इन्जिन, १९२ बीएचपी पावर र २८० एनएम टार्क उत्पादन गर्ने क्षमताको रहेको छ। यसे ० दखि १०० प्रतिघन्टाको रफ्तार लिन केवल ७.७ सेकेन्डको समय लगाउँछ। 

यसका साथै यो कारमा दुई लिटरको डिजल इन्जिन पनि दिइएको छ। जसले १९०बीएचपीको पावर र ४०० एनएमको टार्क जनरेट गर्न सक्छ। ० देखि १०० प्रतिघन्टाको रफ्तार लिन यसले ७.९ सेकेन्डको समय लिन्छ। यो इन्जिन ७÷८ स्पिड स्टेपट्रनिक स्र्पो अटोमेटिक ट्रान्समिसनसहितको छ। साथै यसमा चार ड्राइभिङ मोड, इको, प्रो, कम्फर्ट र स्पोर्ट पनि दिइएको छ। – एजेन्सी