एजेन्सी । दुनियाँका धेरै व्यक्तिले निकै लामो समयसम्मको मेहेनत र परिश्रमबाट आफूलाई अर्बपति बनाएका छन् । तर विश्वमा यस्ता पनि व्यक्ति छन् जसले आफ्नो छोटो उमेरमै निकै राम्रो प्रगति गरी विश्वकै अर्बपतिको सूचिमा आफूलाई दर्ज गर्न सफल भएका छन् । 

विश्वमा केही यस्ता युवा अर्बपति छन्, जसले सानो उमेरमा अरबौं कमाएनन् मात्र, यिनीहरुले दुनियाँको सोंचलाई नै परिवर्तन गरिदिए । दुनियाँका अरबौ मानिसलाई सोच्ने शैली परिवर्तन गरिदिए । चिनको संघाईको एउटा कम्पनी हुरुनले आफ्नै मेहेनतका कारण छोटो समयमै अर्बपति भएका ३५ वर्ष उमेर मुनिका युवा अर्बपतिहरुको सूचि सार्वजनिक गरेको छ । कम्पनीले भनेको छ कि यी यस्ता युवा अर्बपति हुन्, जसले मानिसको निर्णय, सोच्ने शैली नै परिवर्तन गरिदिए । 

१) नाम : मार्क जुकरबर्ग
उमेर : ३१
प्रोफेशन : फेसबुकका सीइओ
अनुमानित सम्पत्ति : ४.७५ लाख करोड रुपैयाँ


फेसबुकका संस्थापक तथा सीइओ मार्क जुकरबर्ग २३ वर्षको कलिलो उमेरमै विश्वको अर्बपतिको सूचिमा पर्न सफल भएका थिए । फेसबुकको लोकप्रियता र अपत्यारिलो कमाईका कारण जुकरबर्गलाई छोटो समयमै विश्वको अर्बपतिको सूचिमा पारिदिएको हो । अहिलेको अवस्थामा जुकरबर्ग र उनकी पत्नी प्रिसिला विश्वकै नवौ धनी दम्पत्ति हुन् । फेसबुकले विश्वभरमै सोसल मिडियाको कल्चर सुरु गर्यो, अहिले फेसबुक र अन्य सामाजिक सञ्जाल विश्वका हरेक व्यक्तिको अभिन्न अंग बनेको छ । 

२) नाम : एडवार्डो सेवरिन
उमेर : ३३ वर्ष
व्यवसाय : फेसबुकको फाउण्डर
अनुमानित सम्पत्ति : ५९ हजार करोड रुपैयाँ


फेसबुकका एक संस्थापक एडवार्डो सैवरिन कानूनी झगडाका कारण अहिले फेसबुकको टिममा छैनन् । तर फेसबुकमा उनको हिस्सेदारी कायमै छ । फेसबुक सुरु गर्ने काममा यी व्यक्तिको समेत महत्वपूर्ण भूमिका थियो । ब्राजिलका यी युवा व्यवसायी अहिले एक्टिभ एञ्जेल इन्भेस्टर्स र सिंगापुरबाट प्रोपर्टी रेन्टल एण्ड सेल्स वेबसाइटका निर्देशक पनि हुन् । 

३) नाम : सचिन बंशल
उमेर :३४ वर्ष 
व्यवसाय : फ्लिपकार्टको को-फाउण्डर
अनुमानित सम्पत्ति : १६ हजार करोड रुपैयाँ


सन् २००७ मा सचिन र बिन्नी बंशलको टिमले किताबको अनलाइनदेखि सेलिङ अनलाइन फ्लिपकार्टको सुरुवात गरे । आज यो भारतको नम्बर एक अनलाइन रिटेलर कम्पनी बनेको छ । कम्पनीसँग हाल ३ करोड प्रडक्ट र ४.४ करोड दर्तावाल प्रयोगकर्ता रहेका छन् । 

४)नाम :  बिन्नी वंशल
उमेर : ३४ वर्ष
व्यवसाय : फ्लिपकार्ट, को-फाउण्डर
अनुमानित सम्पत्ति : १६ हजार करोड रुपैयाँ


बिन्नी वंशल फ्लिपकार्टको को-फाउण्डर कम्पनीको सीइओ समेत भइसकेका छन् । यसअघि सचिन सीइओमा थिए, तर हाल सचिन कार्यकारी अध्यक्ष हुन् । फ्लिपकार्टले नै भारतमा अनलाइन सपिंगको युग सुरु गरेको हो । हाल यो वेबसाइट अति लोकप्रिय छ । 

५) नाम : इस्टिन मोस्कोविच
उमेर : ३१ वर्ष
व्यवसाय : फेसबुकको चिफ टेक्नोलोजी अफिसर
अनुमानित सम्पत्ति : १०६ हजार करोड रुपैयाँ


फेसबुकको को-फाउण्डर समेत रहेका इस्टिनले निकै लामो समय फेसबुकको टिममा रहेर चिफ टेक्नोलोजी अफिसरको रुपमा काम गरेका थिए । सन् २००८ मा उनी दोश्रो सहयोगी जस्टिनसँगै फेसबुकको टिमबाट अलग भए । फेसबुकको टेक्नोलोजी खडा गर्ने काममा यिनको अहम् भूमिका थियो । उनको अहिले पनि फेसबुकमा केही हिस्सेदारी यथावत छ । 

६) नाम  : नाथन ब्लेचर्सिक
उमेर : ३२ वर्ष
व्यवसाय : एयरबनको को-फाउण्डर
अनुमानित सम्पत्ति : ५५ हजार करोड रुपैयाँ


हावर्ड विश्वविद्यालयबाट ग्राजुएट गरेका नाथन माइक्रोसफ्ट कम्पनीमा प्रडक्ट मेनेजरको रुपमा काम गर्थे । सन् २००८ मा उनका  साथी जोय गेबिआले उनलाई एयरबनको को-फाउण्डर बन्ने अवसर दिए । अहिले नाथन एयरबन कम्पनीको चिफ टेक्नोलोजी अफिसर(सीटीओ)को रुपमा कार्यरत छन् । 

७) नाम : जोय गेबिआ
उमेर :३४ वर्ष 
व्यवसाय : एयरबनको चिफ प्रडक्ट अफिसर
अनुमानित सम्पत्ति : ५५ हजार करोड रुपैयाँ


सामान्य व्यवसायमा गरिराखेका गेबिआको जीवनमा टेक्नोलोजीले ठूलो परिवर्तन ल्याइदिएको हो । उनले नाथन ब्लेचर्सिकसँग मिलेर एयरबनको सुरुवात गरेका थिए । अहिले यो कम्पनीको चिफ प्रडक्ट अफिसरको रुपमा उनी कार्यरत छन् । एयरबनले विश्वका १९० देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । यो वेबसाइट विजिनेश हो । 

८) नाम :  इवन स्पीगेल
उमेर : २५ वर्ष
व्यवसाय : स्न्याप च्याट, सीइओ
अनुमानित सम्पत्ति : २० हजार करोड रुपैयाँ


२५ वर्षकै उमेरमा स्न्याप च्याटका सीइओ इवन विश्वकै अर्बपति युवाको सूचिमा परेका छन् । उनले आफ्ना दुई क्लासमेटसँग मिलेर फोटो शेयर गर्न मिल्ने एप लञ्च गरेका थिए । यो एपमा अहिले हरेक दिन २ सय करोड फोटो र भीडीयो शेयर हुन गरेको छ । 

९) नाम : बबी मार्फी
उमेर :२६ वर्ष
अनुमानित सम्पत्ति : २० हजार करोड रुपैयाँ


कलेजबाट निस्किएको ५ वर्ष पछि बबी मार्फी स्न्याप च्याटका सीटीओ सोही एप कम्पनीका को-फाउण्डर स्पीगेलसँगै दुनियाँका अर्बपति युवाको सूचिमा परेका छन् । यिनीहरुको साथमा स्न्याप च्याट कम्पनी सुरु गर्दाको समयमा अन्य दुई व्यक्ति पनि सँगै थिए । 

१०) नाम : जोन कोलिसन
उमेर : २६ वर्ष
व्यवसाय : स्ट्रिपका को-फाउण्डर
अनुमानित सम्पत्ति : १०५६० करोड रुपैयाँ


हावर्ड विश्वविद्यालयबाट ड्रपआउट जोनले अनलाइन पेमेन्ट कम्पनी स्ट्रीपको को-फाउण्डर हुन् । उनले यो कम्पनीको सुरुवात सन् २०११ मा आफ्ना भाई पेट्रिकसँग मिलेर गरेका थिए । अहिले उनीहरु दुवैजना सान फ्रान्सिस्कोमा बस्दै आएका छन् । कम्पनी पनि यही ठाउँमा छ ।