काठमाण्डौ । नेपालमा किसानको अवस्था निकै नाजुक छ । यहाँका किसानलाई मेहेनती, अधिक श्रम गर्ने, तर थोरै कमाउने नागरिकको रुपमा बुझ्ने गरिन्छ । तर विश्वका धेरै देशहरुमा किसानको अवस्था बिल्कुल फरक छ । तपाई यो सुनेर आश्चर्यचकित बन्नु हुन्छ कि चीनका एक किसान लियू योंघाउको कुल सम्पत्ति ४.२ अर्ब डलर रहेको छ । योंघाउ विश्वकै धनी किसान पनि हुन् । त्यति मात्र होइन, विश्वका सबैभन्दा ठूला लगानीकर्ता वारेन बफे(ट)का एक छोरा पनि किसान नै हुन् । आउनुहोस्, पढौं विश्वका यस्तै धनी ५ किसानहरुको बिषयमा ।

लियू योंघाउ


कुल सम्पत्ति : ४७१६८ करोड रुपैयाँ
देश : चीन
चीनका लियू योंघाउ विश्वका सबैभन्दा धनी कृषक हुन् । फोब्र्स पत्रिकाका अनुसार उनको कुल सम्पत्ति ४७१६८ करोड रुपैयाँ रहेको छ । सन् १९८२ मा योंघाउ र उनका दुई भाई मिलेर सरकारी जागिर छाडी खेती सुरु गरेका थिए । यी तीन भाईले चीनको चेंगडूमा कुल १५० डलर खर्च गरी कुखुरा पालन सुरु गरेका थिए । आज योंघाउको साथमा चीन र अस्टेलियामा हजारौं हेक्टरको कृषि फार्म रहेको छ । योंघाउ चीनको  सबैभन्दा ठूलो एग्रीविजिनेश कम्पनी न्यू होप ग्रुपका मालिक समेत हुन् । हिजोआज उनको ग्रुपले चीन र अस्टेलियामा रियल स्टेटको व्यापार समेत सुरु गरेको छ । 

ह्यारी स्टाइन


कुल सम्पत्ति : ३६४४८ करोड रुपैयाँ
देश : अमेरिका
फोब्र्स पत्रिकाका अनुसार अमेरिकाको लोवा निवासी ह्यारी स्टाइनको कुल सम्पत्ति ३६४४८ करोड रुपैयाँ रहेको छ । उनको लोवाको एडेलमा १० हजार एकडको सोयाबिन र मकैको फार्म रहेको छ । स्टाइन मुख्य रुपले आफूले उत्पादन गर्ने हाइब्रिड बिउबिजनका लागि प्रख्यात छन् । विश्वका  प्रमुख बिउ कम्पनी मोनसेन्टो तथा सिंग्नेन्टालाई यिनकै फर्मबाट बिज आपूर्ति गरिन्छ । ह्यारीले सन् १९६० मा खेती गर्न सुरु गरेका थिए । त्यसको ५ वर्षपछि नै उनले हाइब्रिड बिउ उत्पादनको काम थालेका थिए । उनले हालै आफ्नो स्टाइन सीड नामबाट कम्पनीको सुरुवात गरेका छन् । यो कम्पनीको बिउ सबैभन्दा महंगो हो । 

ब्लेरो म्यागी


कुल सम्पत्ति : १२३२८ करोड रुपैयाँ
देश : ब्राजिल
ब्लेरो म्यागी ब्राजिलका एग्रीबिजिनेश मोघुल एण्डे म्यागीका छोरा हुन् । यी ब्राजिलका सबैभन्दा ठूला सोयाबिन किसान हुन् । म्यागीको फार्मलाई छाडिदिइयो भने ब्राजिल सोयाबिन उत्पादनमा दोश्रोबाट सिधैं ५ औं नम्बरमा झर्नेछ । म्यागीले ब्राजिलमा करिब ४ लाख हेक्टर जग्गामा सोयाबिनको खेती गराउँछन र विश्वका सबैभन्दा ठूलो निजी सोयाबिन उत्पादक हुन् । म्यागी दुई दुईपटक ब्राजिलको सिनेटर चुनिएका छन् र मे महिनामा उनी ब्राजिलका कृषिमन्त्री समेत बनेका छन् । 

उनको फार्मको सोयाबिनको सबैभन्दा ठूलो खरीदकर्ता चीन हो र १९९० देखि चीनलाई सोयाबिन निर्यात गरिरहेको छ । फोब्र्स पत्रिकाकाअनुसार उनको कुल सम्पत्ति १२३२८ करोड रुपैयाँ रहेको छ । 

टोनी पेरिच


कुल सम्पत्ति : ८२५५ करोड रुपैयाँ
देश : अस्टेलिया
अस्टेलियाको एडिल्विश निवासी टोनी पेरिच अस्टेलियाका सबैभन्दा ठूला डेरी किसानको रुपमा परिचित छन्  । टोनीको नम्बर दुनियाँका पाँच धनी किसानको सूचिमा चौथोमा छ । उनले सन् १९५१ बाट २५ गाईबाट डेरी फार्मको सुरुवात गरेका थिए । 

आज उनको फार्ममा २ हजार गाईहरु रहेका छन् । उनको ११ हजार हेक्टरको कृषि फार्म समेत रहेको छ । फोब्र्स पत्रिकाका अनुसार उनको कुल सम्पत्ति ८२५५ करोड रुपैयाँ रहेको छ । टोनीले हालैदेखि १२ सय फ्ल्याटको एक हाउजिंग सोसाइटीको विकास गर्न समेत सुरु गरेका छन् । 

हावर्ड बफे(ट)


कुल सम्पत्ति : २१४४ करोड रुपैयाँ
देश : अमेरिका
विश्वका सबैभन्दा ठूला लगानीकर्ता वारेन बफे(ट)का ठूला छोरा हावर्ड बफे(ट) पनि एक सफल किसान हुन् । हावर्डलाई उनका पिताले ३ पटकसम्म कलेजमा एडमिसन गराएका थिए, तर उनले तीनैपटक कलेज छाडिदिए । ८० को दशकमा  हावर्डले सोयाबिन र मकैको खेती सुरु गरे । त्यसपछि उनले कहिल्यै पनि पछाडि फर्केर हेर्नुपरेन । आज उनले ३९०० एकडमा अरिजोनामा, ९२०० एकडमा साउथ अफ्रिकामा र ४४०० एकडमा अमेरिकामा खेती गर्ने गर्छन । उनको साथमा ५० भन्दा बढी साना ठूला ट्याक्टरहरु रहेका छन् । उनको साथमा कुल मिलाएर २ लाख ५० हजार डलरभन्दा बढीको कृषि उपकरणहरु रहेका छन् । फोब्र्स पत्रिकाका अनुसार उनको कुल सम्पत्ति २१४४ करोड रुपैयाँ भन्दा अधिक रहेको छ ।