काठमाण्डौ । विश्वमा फूल कसलाई मन पर्दैन होला र ? आफ्नो सुन्दरता र सुुगन्धका कारण फूलले कविको कविता र संगीतकारको गीतमा समेत स्थान पाउँछ । प्रत्येक फूलको आफ्नै सुन्दरता र विशेषता हुन्छ । यहीकारण फूललाई जन्मेदेखि मृत्यु हुँदासम्मको महत्वपूर्ण क्षणहरुमा रोजिन्छ, प्रयोग गरिन्छ । आफ्नो विशेषता, सुन्दरता, औधी उत्कृष्ट सुुगन्ध र मूल्यका कारण विश्वमा केही फूल निकै विशेष छन् । समयसँगै यस्ता महंगा फूलहरुको प्रयोग मानिसले माया तथा सद्भाव व्यक्तका लागि गरिरहेका छन् । खासगरी भ्यालेन्टाइन डे(प्रणय दिवस)को दिन यस्ता फूलहरुको माग निकै बढ्ने गरेको छ । यति मात्र होइन, विश्वमा यस्तो एउटा फूल छ, जसको मूल्य अहिलेसम्म कसैले आँकलन गर्न सकेको छैन, अर्थात अमूल्य फूल । हामी तपाईंलाई एजेन्सीको सहयोगमा तयार पारिएको विश्वका यस्तै ९ वटा फूल र त्यसको रोचक पक्षको बिषयमा रिपोर्ट प्रस्तुत गरिरहेका छौ । यी ९ फूलको विशेषता र मूल्य सुनेर तपाई अचम्ममा पर्नु सक्नुहुन्छ । 

१.ब्रम्हा कमल


विश्वकै सबैभन्दा मूल्यवान फूल ब्रम्हा कमल समेत एशियामै पाइन्छ । यो फूल निकै दुर्लभ किसिमको हुन्छ । एउटा फूललाई टिपेको १ देखि २ घण्टामै पुनः अर्को फूल फूलिदिन्छ । यसको उत्पति श्रीलंकाबाट भएको मानिन्छ । भारतमा यो फूललाई ‘ब्रम्हा कमल’को नामले चिनिन्छ भने श्रीलंकामा यसको नाम ‘स्वर्ग फूल’ राखिएको छ । यस्तै, जापान यो फूललाई ‘गेका बिजिन’ भनिन्छ । माया व्यक्त गर्न यो फूललाई सबैभन्दा राम्रो फूल मानिन्छ । तर यसको मूल्य समेत कसैले तिर्न सक्दैन, यो अमूल्य हुन्छ । 

२.जुलिएट रोज(जुलिएट गुलाब)


मूल्य : १७० करोड रुपैयाँ प्रति गुच्छा
यो फूललाई विश्वकै सबैभन्दा सुन्दर गुलाब मानिन्छ । यो फूलको प्रजातिलाई ब्रिटेनमा विकास गरिएको थियो । यसको नाम अंग्रेजीको प्रचलित प्रेम कहानी रोमियो र जुलियटसँग मिल्ने गरी राखिएको छ । सबैभन्दा पहिला यो अद्भूत फूललाई सन् २००६ मा लण्डनमा चलेको ‘चेलेसा फ्लावर शो’मा प्रदर्शन गरिएको थियो । जहाँ यो फूलको एक गुच्छाको मूल्य १७० करोड रुपैयाँ अर्थात १५.८ मिलियन डलर राखिएको थियो । 

३.सेनजेन नाके अर्किड


मूल्य : ३ करोड २० लाख प्रति फूल
यो फूललाई चीनको एग्रीकल्चरल रिसर्च अर्गनाइजेसन शेनजेन नाके ग्रुपले २००५ मा ल्याबमा तयार गरेको थियो । यसपछि जब त्यो फूललाई लिलामीमा राखियो, तब करिब ३ करोड २० लाख रुपैयाँ मूल्य दिइएको थियो । यो फूललाई एक ठाउँबाट अर्को ठाउँमा सहज ढंगले लैजान सकिन्छ । बजारमा यो फूलको मूल्य २ लाख डलर रहेको छ । 

४.गोल्ड किनाबलु अर्किड


मूल्य : ५ लाख रुपैयाँ प्रति फूल
यो फूल किनाबालुु नेशनल गार्डेन मलेशियामा मात्र पाइन्छ । विश्वको मूल्यवान फूलको सूचिमा सामेल यो फूल मात्र यस्तो पूmल हो, जसको तस्करी हुने गरेको छ । कालोबजारमा यो फूलको मूल्य ५० हजार डलर रहेको छ । 

५.सेफरन क्रोकस


मूल्य : ६५ रुपैयाँ प्रति फूल
यो फूल मध्य एशिया तथा पश्चिमी एशियाका देशहरुमा पाइन्छ । यो फूल नेपालमा पनि पाइन्छ । भारत, श्रीलंका तथा बंगलादेशमा पनि पाइन्छ । रिपोर्टका अनुसार यसको मूल्य प्रति फूल ६५ रुपैयाँ रहेको छ । यो फूल मसला उत्पादनका लागि समेत रोप्ने गरिन्छ । यो फूलको मूल्य वजनबाट समेत तय गरिन्छ । ५ सय ग्राम मसलाको उत्पादनका लागि ८० हजार फूल आवश्यक पर्छ । 

६.टुलिप बल्ब


मूल्य : एक गुच्छाको १ हजार रुपैयाँ
आम रुपमा आफ्नो रंग र दुर्लभताका कारण यो फूल मानिसहरुको रोजाई बन्ने गरेको छ । एक गुच्छामा यस्तो फूल ८ देखि १६ वटा हुन्छ । १७ औं शताब्दीको बेला बजारमा यो फूलको बजार मूल्य ५७ सय डलर रहेको मिडियाहरुले जनाएका छन् । 

७. ग्लोरीओसा लिली


मूल्य : प्रति फूल १ हजार रुपैयाँ
दुनियाँमा पाइनेमध्ये सबैभन्दा महंगो र अनौठो फूलको वर्गमा सामेल ग्लोरिओसा लिली दक्षिण अफ्रिका तथा एशियामा पाइन्छ । गहिरो रातो रंग, पहेलो तथा हरियो रंग समेत मिश्रित हुने यो फूलको मूल्य १० डलर प्रति फूल रहेको छ । 

८.हाइड्रेजिया फूल


मूल्य : ८ सय रुपैयाँ प्रति गुच्छा
विश्वको महंगा फूलको वर्गमा पर्ने यो फूल रंगीविरंगी गुच्छामा पाइन्छ । आम रुपमा यो फूल दक्षिण तथा पूर्वी एशिया र अमेरिकामा देख्न सकिन्छ । बजारमा यो फूलको मूल्य प्रति गुच्छा ६.५० डलर रहेको छ । 

९.लिली अफ बैली


मूल्य : १६ हजार रुपैयाँ प्रति गुच्छा
आम रुपमा निकै माया गरेर यो फूललाई ‘आवर लेडी टियर्स’ समेत भनिन्छ । यो फूल एशिया तथा यूरोपमा पाइन्छ । बजारमा यो फूल करिब १४३ डलरसम्म पाउन सकिन्छ । तर यसको मूल्य बढेर ३ सय ५३ डलरसम्म पुुगेको छ ।