काठमाण्डौ । यदि तपाई विजिनेशमा सफल बन्न चाहनुहुन्छ भने बाबा रामदेवबाट धेरै कुरा सिक्न सक्नुहुन्छ । बाबाको पतञ्जली आयुर्वेदले निकै ठूला ठूला मल्टिनेशन कम्पनीहरुलाई समेत अहिले आच्छू आच्छू बनाइदिइसकेको छ । रामदेवले नेपाली मूलका आचार्य बालकृष्णसँग मिलेर सन् २००६ बाट पतञ्जली आयुर्वेद लिमीटेडको सुरुवात गरेका थिए । आज यो कम्पनीको वार्षिक कारोबार १० हजार ६ सय ५१ करोड बढी रहेको छ । यदि तपाई पनि विजिनेश गर्न चाहनुहुन्छ भने रामदेव बाबाबाट यी ७ मन्त्र सिक्न सक्नुहुन्छ :

१. मौका सधै हुन्छ
पतञ्जलीले उद्योग कलकारखाना वा बिजिनेशमा कुनै पनि स्टेजमा जे पनि हुनसक्छ भन्ने प्रमाणित गरिदिएको छ । सबै प्रोडक्ट पहिलादेखि नै बजारमा थिए र सबै राम्रैसँग बिकिरहेका पनि थिए । यसको बाबजुद पतञ्जलीको उत्पादनले आफ्नो ठाउँ बनायो । यसबाट पनि प्रमाणित हुन्छ कि मौका सधैं हुन्छ, सबैलाई र सबैतिर हुन्छ ।

२.मूल्यको लडाईमा दम छ
पतञ्जलीको अधिकांश उत्पादन बजारमा रहेका अन्य प्रोडक्टको तुलनामा सस्ता छन् । ब्राण्डप्रतिको भरोसा र त्यसमा पनि मूल्य चाहि अरुको भन्दा कम । एउटा ग्राहकलाई यो भन्दा बढी के चाहिन्छ र ? पतञ्जली बाहेक अन्य कम्पनी आफ्नो हिट ब्राण्डको मूल्य अन्य कम्पनी जत्तिकै वा त्यसभन्दा पनि बढी राख्ने गर्छन । पतञ्जलीको बिक्री बढ्नुमा मूल्य कम पनि एउटा महत्वपूर्ण कारण हो । यसले जब बिक्री बढ्छ, तब कम नाफाबाट समेत धेरै राम्रो आम्दानी गर्न सकिन्छ ।

३.सही ठाउँमा लगानी गर्नुहोस्
ठूला कम्पनीहरु प्रचार–प्रसारमा निकै ठूलो खर्च गर्छन् र स्वभाविक हो कि त्यो खर्च उत्पादन खर्चमा जोडिन्छ र यसले हरेक प्रोडक्टको मूल्य उच्च हुन्छ । तर रामदेव बाबाले विज्ञापनको खर्च निकै कम गरे र त्यसको बदलामा आफ्नो उत्पादनको मूल्य चाहि कम राखे । पतञ्जलीले पनि विज्ञापनमा खर्च गर्छ, तर उसको फोकस कुनै उत्पादन भन्दा पनि पतञ्जली ब्राण्डप्रति बढी फोकस छ । यही मन्त्रले बाबा रामदेवको पतञ्जली ११ वर्षको छोटो अवधिमै उद्योगको क्षेत्रमा कहाँबाट कहाँ पुगेको छ ।

४.प्रोडक्ट आफैं बोल्नेछ
पतञ्जलीले आफ्नो फोकस प्रोडक्टको क्वालिटीमा दिने गरेको छ । कम्पनीले यस्तो रणनीति विकास गरेको छ कि, उसले कुनै पनि प्रोडक्टको नचाहिने विज्ञापन गर्नुभन्दा गुणस्तरीय प्रोडक्ट उत्पादन गर्ने र त्यहीँबाटै उसको विज्ञापन गर्नेछ । पतञ्जलीको घिउ, टूथपेस्ट, दन्तकान्ति सबैभन्दा लोकप्रिय प्रोडक्ट हो, जबकि बजारमा यी उत्पादनका हजारौं प्रतिस्पर्धी उपलब्ध छन् । कम्पनीले एक वर्षमा घिउको मात्र १४६७ करोड भारु र टुथपेस्टको मात्रै ९४० करोड भारुको व्यापार गर्ने सफलता प्राप्त गरेको छ ।

५.बेबी होइन, बाबा चाहिन्छ
पतञ्जलीले धेरैलाई आफ्नो छविमा ध्यान दिन सिकाएको छ । पतञ्जलीको अर्को महत्वपूर्ण कडी हो, बाबा रामदेव स्वयम् नै ब्राण्ड एम्बेस्डर रहनू । यसबाट यो पुष्टि हुन्छ कि यदि ब्राण्ड एम्बेस्डर तथा ब्राण्डबीच सम्बन्ध स्थापित गर्न सकियो भने त्यस्तो उत्पादन हिट हुने संभावना अधिक हुन्छ । रामदेव बाबालाई विश्वभरका करोडौं मानिसले योग, आयुर्वेद तथा अग्र्यानिक छविसँग जोडेर हेर्छन् र पतञ्जली पनि यही लाइनमा छ । यहीकारण कम्पनीको समग्र छवि निकै सकारात्मक बन्यो । यसबाट यो भन्न सकिन्छ कि तपाईको उत्पादन बिक्री गराउनैका लागि छोटा कपडा लगाउने कुनै महिला मोडल नै चाहिन्छ भन्ने अनिवार्य हुन्न । बरु, कम कपडा लगाउने बाबा बढी दमदार बन्नसक्छन् ।

६.उपभोक्ता नै राजा
पतञ्जलीले ठूला कम्पनीहरुलाई यो सबक सिकाइदिएको छ कि, ग्राहकहरुलाई निचोरेर तपाईले धेरै दिनसम्म उच्च नाफा मेन्टेन गर्न सक्नुहुन्न । पतञ्जलीले कम मूल्यमै ग्राहकरुलाई उच्च फाइदा दिइरहेको छ र आफैंले पनि कुस्त कमाइरहेको छ । तपाईले ग्राहकलाई तबसम्म आफ्नो प्रोडक्ट लिन मजबुर पार्नसक्नुहुन्छ, जबसम्म उनीहरुसँग अन्य विकल्प हुँदैन ।

७.हाइक्लास म्यानेजमेन्ट आवश्यक हुन्न
जुन स्तरमा मल्टिनेशन कम्पनीहरुले वर्षौको मेहेनतपछि सफलता प्राप्त गरेका छन्, त्यो स्तर चुम्नलाई बाबा रामदेवलाई केही वर्ष मात्र लाग्यो । बाबाले यो साबित गरिदिएका छन् कि कम्पनी सफल हुन हाइक्लास म्यानेजमेन्ट नै आवश्यक हुन्न । त्यस्तै, निकै ठूला व्यवस्थापकीय संरचना पनि कतिपय अवस्थामा आफ्नै संरचनाका कारण धिमा बन्नसक्छन् भन्ने कुरा पनि देखिएको छ ।