विश्वमा जम्मा छवटा देशहरू मात्र छन् जहाँ पुरुषको तुलनामा महिला ब्याङ्क-खातावाल धेरै छन्।

ती देश हुन्- आर्जेन्टिना, जोर्जिया, इण्डोनेसिया, फ्रान्स, मंगोलिया तथा फिलिपिन्स।

विश्व ब्याङ्कको पछिल्लो प्रतिवेदन- ग्लोबल फाइन्डडेक्समा १४० भन्दा धेरै देशहरूमा वयस्कहरू ब्याङ्क खातामाथि कसरी पहुँच कायम गर्छन्, कसरी पैसा तिर्छन्, बचत, सापटी तथा जोखिम कसरी व्यस्थापन गर्छन् भन्ने अध्ययन गरिएको थियो।

५० करोडभन्दा धेरै वयस्कहरू वा ६९ प्रतिशत वयस्कहरूसँग "ब्यांक खाता" छ वा मोबाइलबाट पैसा तिर्ने वा अन्य ब्याङ् सुविधा लिनसक्छन्।

सन् २०११ मा यो आँकडा ५१ प्रतिशतमा थियो।

तर यो प्रतिवेदनअनुसार महिलाहरू पुरुषभन्दा पछाडि नै परिरहेका छन्।

७२ प्रतिशत पुरुषसँग ब्याङ्क खाता छ र त्यसको तुलनामा ६५ प्रतिशत महिलासँग मात्र ब्याङ्क खाता छ।

महिला र पुरुषबीच सात प्रतिशतको फरक देखिएको छ जुन सन् २०११ देखि परिवर्तन भएको छैन।

धेरै देशहरूमा महिला तथा पुरुषबीचको अन्तर कम हुँदै गएपनि यस्तो देखिएको हो।

उदाहरणका लागि भारतमा ८३ प्रतिशत पुरुष अनि ७७ प्रतिशत महिलासँग ब्याङ्क खाता छ। सन् १०१४ मा २० प्रतिशत रहेकोमा महिला-पुरुषको अन्तर अहिले छ प्रतिशतले झरेको छ।

यूरोप, दक्षिण अमेरिका तथा एसियाका यी छ फरक देशहरू कसरी लैङ्गिक प्रवृत्तिको फरक धारमा उभिएका छन् त?

विश्व ब्याङ्ककी अग्रणी अर्थविद् लिओरा क्लापरले केही सङ्केतहरू प्रस्तुत गरेकी छिन्।

फिलिपिन्सको हकमा, डा. क्लापरले बताइन्, "विदेश गएर महिलाहरू धेरै काम गर्ने देखिएको छ र उनीहरूको ब्याङ्क खाता पनि छ किनकि रेमिट्यान्समार्फत् घर पैसा पठाउन तथा घरायसी खर्च चलाउन त्यो आवश्यक छ"।

यी छवटै देशमा (लाओसको अपवाद छाडेर) सरकारी कार्यक्रमअन्तर्गत पुरुषले भन्दा महिलाले नगद पठाउँदा केही रकम पाउने गर्छन्।

मंगोलियामा ४३ प्रतिशत महिलाले त्यस्तो माध्यमबाट पैसा पाउने गर्छन् जबकि २४ प्रतिशत पुरुषले मात्र त्यहाँ त्यसरी पैसा पाउँछन्।

इण्डोनेसियामा "सक्रिय" ब्याङ्क खाताहरूमा त्यस्तो उल्लेख्य लैङ्गिक असमानता छैन वा ती खाताहरू गएको वर्ष कम्तीमा एकपटक पैसा जम्मा गराउन वा निकाल्न प्रयोग भएको छ।

भन्नुपर्दा, कुनै एउटा समयमा, सरकारी कार्यक्रमअन्तर्गत महिलाले उनीहरूको खातामार्फत् पैसा पाएका छन् तर पूरै रकम पाइसकेपछि उनीहरूले अन्य प्रयोजनका लागि आफ्नो ब्याङ्क खाता प्रयोग गर्न बन्द गरे।

तर फिलिपिन्स अपवाद हो।

त्यो देशबाहेक अन्य कुनै देश छैन जहाँ पुरुषको तुलनामा महिलासँग "सक्रिय" ब्याङ्क खाता हुनसक्छ।

भारतले, उदाहरणका लागि, ब्याङ्क खाता खोल्ने विषयमा लैङ्गिक अन्तरलाई मेट्न सकेको छ ‍तर आधाभन्दा धेरै महिलाका खाताहरू "निष्क्रिय" छन्।

डा. क्लापर भन्छिन्, "त्यसैले भारतलाई लिएर कडा चुनौती भनेको महिलाले प्रयोग गर्ने वित्तीय उत्पादनहरूको डिजाइन गर्नु हो।"

-बीबीसीबाट