काठमाण्डौ । सरकारले देशभरका एकसय ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा पहिचान गरी सूचि तयार गरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यको आधारमा थप एक सय वटा 
 ठाउँलाई नयाँ गन्तव्यको रुपमा छनौट गरेको हो । 

मन्त्रालयस्थित स्रोतका अनुसार नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढीको आवेदन परेको थियो। आवेदन परेकामध्येबाट १०० वटालाई नयाँ पर्यटकीय गन्तव्यको सूचिमा राखिएको हो ।

यो पहलले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बताइएको छ । 

पहिचान भएका नयाँ १०० पर्यटकीय गन्तव्य कुन कुन हुन् ? हेर्नुहोस् सूचि: