काठमाण्डौ । बहुमूल पहेँलो धातु सुन कठिन समयमा काम आउँछ । यदि हामीलाई कुनै काम गर्न आर्थिक संकट भयो भने हामी आफूसँग सञ्चित सुन बेचेर वा धितो राखेर त्यसलाई समाधान गर्छौैं ।

कतिपय देशले सुनलाई रिजर्बका रुपमा राख्ने गरेका छन् । वल्र्ड गोल्ड काउन्सिलले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वमा सबैभन्दा धेरै सुन भण्डार गर्ने देशमा पहिलो नम्बरमा अमेरिका रहेको छ ।

अमेरिकाले ८ हजार १३३ टन सुन भण्डार गरेर राखेको छ । जसको मूल्य ३७३.४३ अर्ब डलर अर्थात् ४२ हजार ९४४.४५ अर्ब नेपाली रुपैयाँ रहेको छ ।

दोस्रोमा जर्मनी रहेको छ । जर्मनीले ३ हजार ३६९ टन सुन भण्डार गरेर राखेको छ । यसको मूल्य १५४.७१ अर्ब डलर (नेरु १७ हजार ७९१.६५ अर्ब) रहेको छ ।

यसैगरी बढी सुन भण्डार गर्ने देशहरुमा इटली, फ्रान्स र रुस क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । इटलीसँग २ हजार ८१४ टन, फ्रान्ससँग २ हजार ४३६ टन र रुससँग २ हजार १६८ टन सुन भण्डार रहेको छ ।

यसैगरी छैटौँ स्थानमा चीन, सातौँ स्थानमा स्विट्जरल्यान्ड, आठौँ स्थानमा जापान, नवौँ स्थानमा भारत र दसौँ स्थानमा नेदरल्यान्डस् रहेका छन् । यी देशहरुले क्रमशः १ हजार ९१६.३० टन, १ हजार ४० टन, ७६५.२० टन, ६१८.२० टन र ६१२.५० टन सुन भण्डार गरी राखेका छन् । – एजेन्सी