काठमाण्डौ । दिग्गज अटोमोबाइल कम्पनी मारुती सुजुकीका दमदार परफर्मेन्स जारी रहेको छ ।

अक्टुबरमा टप १० बेस्ट सेलिङको सूचीमा मारुती सुजुकीका ८ करले परेका छन् । मारुती सुजुकीको डिजार बेस्ट सेलिङ कारको सूचीमा पहिलो नम्बरमा परेको छ ।

मारुती डिजायर यो वर्ष अक्टुबरमा सबैभन्दा लोकप्रिय कार बन्न सफल भयो । अक्टोबरमा कुल १९ हजार ५६९ युनिट डिजायर कार बिक्री भएको छ । जुन अघिल्लो वर्षको यही महिनाको तुलनामा १२.४४ प्रतिशतले बढी हो । गत वर्ष यही महिनामा १७ हजार ४०४ युनिट डिजायर कार बिक्री भएको थियो ।

अझै यो वर्ष सेप्टेम्बरमा डिजायर कारको बिक्री २४.९५ प्रतिशतले बढी देखिएको छ । सेप्टेम्बरमा १५ हजार ६६२ युनिट डिजायर कार बिक्री भएको छ ।

बेस्ट सेलिङ सूचीको दोस्रो नम्बरमा मारुती कै स्विफ्ट कार परेको छ। अक्टोबरमा १९ हजार ४०१ युनिट स्विफ्ट कार बिक्री भएको छ । सेप्टेम्बरमा भने यो कार १२ हजार ९३४ युनिट बिक्री भएको छ ।

मारुतीकै अल्टो र बलेनो कार बेस्ट सेलिङ सूचीको क्रमशः तेस्रो र चौथो नम्बर रहेको छ । गत वर्षको अक्टोबरको तुलनामा यो वर्ष अक्टोबरमा अल्टोको बिक्री १९.२८ प्रतिशतले घटेको छ । यो वर्ष अक्टोरबमा अल्टो १७ हजार ९०३ युनिट बिक्री भएको छ । जब कि गत वर्ष २२ हजार १८० युनिट बिक्री भएको थियो ।

मारुतीकै बलेनो यो वर्षको अक्टोबरमा १६ हजार २३७ युनिट बिक्री भएको छ । गत वर्ष यही महिनामा यो कार १८ हजार ६५७ युनिट बिक्री भएको छ ।

यो वर्ष हुन्डईको आई ट्वान्टी कार बेस्ट सेलिङ सूचीमा पाँचौँ नम्बरमा छ । यो वर्ष अक्टोबरमा यो कार १४ हजार ६८३ युनिट बिक्री भएको छ । गत वर्ष यही महिनामा यो कार १३ हजार २९० युनिट बिक्री भएको थियो ।

मारुतीकै व्यागनआर बेस्ट सेलिङ सूचीको छैटौँ नम्बरमा परेको छ । यो वर्ष अक्टोबरमा यो कार १४ हजार ३९५ युनिट बिक्री भएको छ । गत वर्ष यही महिनामा यो कार १० हजार ६५५ युनिटमात्र बिक्री भएको थियो ।

त्यस्तै किआ मोटर्सको सेल्टस बेस्ट सेलिङ सूचीमा सातौँ नम्बरमा छ। यो कार अक्टोबरमा महिनामा १२ हजार ८५४ युनिट बिक्री भएको छ।

यसैगरी बेस्ट सेलिङ सूचीको आठौँ, नवौँ र दसौँ स्थानमा क्रमशः मारुतीकै एक्सप्रेसो, ब्रजा र इको पर्न सफल भएका छन् । यो वर्षको अक्टोबरमा मारुतीको एक्सप्रेसो १० हजार ६३४ युनिट बिक्री भएको छ ।

यो वर्ष अक्टोबर महिनामा बेस्ट सेलिङको टप १० सूचीमा पर्न सफल कारहरु १ लाख ४५ हजार ८७८ युनिट बिक्री भएका छन् । गत वर्ष यही महिनामा टप १० मा पर्न सफल कारहरु १ लाख २१ हजार ९४७ युनिट बिक्री भएका थिए । – एजेन्सी