काठमाण्डौ । केही समयअघि तेल उत्पादन क्षेत्रमा ड्रोनको सहायताले भएको हमला भएपछि साउदी अबरको तेल उत्पादन क्षमता आधाले घटेको छ ।

साउदी अरबमा ड्रोन हमलापछि अहिले विश्वको ऊर्जा बजार क्षेत्रमा ठूलै असर परेको छ । साउदी अबर विश्वकै दोस्रो सबैभन्दा ठूलो तेल उत्पादक देश हो ।

यहाँ तेल उत्पादनको क्षमता रहेका १० ठूला देशका बारेमा चर्चा गर्न गइरहेका छौँ । तेल उत्पादन क्षमतामा क्रुड आयल, सेल आयल, आयल स्यान्ड्स, नेचुल ग्यास लिक्विड्स तथा कन्डेन्सेट्स समावेश हुन्छन् ।

विश्वमा सबैभन्दा धेरै तेल उत्पादन गर्ने देशमा अमेरिका रहेको छ । अमेरिकाले विश्वको तेल उत्पादन क्षमताको १६.२ प्रतिशत हिस्सा ओगटेको छ ।

यस्तै दोस्रो नम्बरमा साउदी अरब छ । साउदी अरबसँग विश्वमै १३ प्रतिशत तेल उत्पादन क्षमताको हिस्सा रहेको छ ।

यसैगरी रुस, क्यानडा, इरान र इराक क्रमशः तेल उत्पादन क्षमताको हिसाबले तेस्रो, चौथो, पाँचौ र छैटौँ स्थानमा छन् । रुससँग १२.१ प्रतिशत, क्यानडासँग ५.५ प्रतिशत, इरानसँग ५ प्रतिशत र इराकसँग ४.९ प्रतिशत हिस्सा ओगटेका छन् ।

उता यूएई, चीन, कुवेत र ब्राजिलले पनि बढी तेल उत्पादन गर्ने राष्ट्रको सूचीमा क्रमशः सातौँ, आठौँ, नवौँ र दसौँ स्थानमा छन् । यी देशले क्रमशः ४.२, ४, ३.२ र २.८ प्रतिशत हिस्सा ओगटेका छन् ।

जलस्रोतको धनी देश ब्राजिलले तेल उत्पादनको क्षेत्रमा पनि प्रगति गरिरहेको देखिन्छ भने तेल उत्पादनमा खाडी मुलुकहरु नै अगाडि रहेका छन् । – एजेन्सी