काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास धेरै नाफा कमाउने ‘क’ वर्गका वाणिज्य बैंकहरुको सूचीमा यसपालि पनि राष्ट्रिय वाणिज्य बैंक अग्र स्थानमा देखिएको छ ।

सरकारी स्वामित्वको राष्ट्रि वाणिज्य बैंकले बाँकी २६ वटा वाणिज्य बैंकहरुलाई पछि पार्दै यसपालि पनि अग्रस्थान कायम गर्न सफल भएको हो । यो बैंकले समीक्षा अवधिसम्ममा २ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म यो बैंकले २ अर्ब ४० करोड खुद नाफा आर्जन गरेको छ । यो हिसाबले गत वर्षको तुलना यसपालि बैंकको नाफा घटेको छ । ब्याज आम्दानीको तुलनामा खर्च बढेका कारण बैंकको नाफा घटेको हो ।

बढी मुनाफा आर्जन गर्ने सूचीको दोस्रो स्थान नविल बैंक रहेको छ । यो बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

त्यस्तै मुनाफाका आधारमा एनआईसी एसिया तेस्रो नम्बरमा छ । यो बैंक २ अर्ब १ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । 

यसैगरी हिमालयन बैंक र ग्लोबल आईएमई बैंक क्रमशः चौथो र पाँचौँ स्थानमा छन् । यी बैंकले क्रमशः १ अर्ब ७४ करोड रुपैयाँ र १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । 

छैटौँ स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकले १ अर्ब ६६ करोड रुपेयाँ र सातौँ स्थानमा पर्न सफल एनएमबी बैंकले १ अर्ब ६३ करोड रुपैयाँ मुनाफा कमाएका छन् । 

कृषि विकास बैंक, एभरेस्ट बैंक र नेपाल बैंक क्रमशः आठौँ, नवौँ र दसौँ स्थानमा छन् । कृषि विकास बैंकले १ अर्ब ५८ करोड रुपैयाँ, एभरेस्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ र नेपाल बैंकले १ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएका छन् । 

सबैभन्दा कम मुनाफा कमाउनेमा भने सिभिल बैंक देखिएको छ । यो बैंकले ६ महिनाको अवधिमामात्रै ३१ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । 
दोस्रो त्रैमाससम्म २७ वटा बैंकहरुले ३२ अर्ब ७५ करोड रुपैयाँ बढी मूनाफा आर्जन गरेका छन् । 

अन्य बैंकले कति कमाए ?

प्राइम बैंक १ अर्ब ३० करोड रुपैयाँ

स्टयाण्डर्ड चार्टर्ड बैंक १ अर्ब २२ करोड रुपैयाँ

सानिमा बैंक १ अर्ब १४ करोड रुपैयाँ

प्रभु बैंक १ अर्ब ८ करोड रुपैयाँ

सिद्धार्थ बैंक १ अर्ब २ करोड रुपैयाँ 

नेपाल एसबीआई बैंक १ अर्ब ७ लाख रुपैयाँ

सनराइज बैंक ९४ करोड ४३ लाख रुपैयाँ

मेगा बैंक ९५ करोड २ लाख रुपैयाँ

लक्ष्मी बैंक ९० करोड ३० लाख रुपैयाँ

बैंक अफ काठमाण्डू ८८ करोड ३८ लाख रुपैयाँ

माछापुच्छे बैंक ८२ करोड १८ लाख रुपैयाँ

नेपाल बंगालादेश बैंक ८० करोड ७७ लाख रुपैयाँ

कुमारी बैंक ८० करोड ३० लाख रुपैयाँ

एनसीसी बैंक ७५ करोड ६३ लाख रुपैयाँ

सिटिजन्स बैंक ६८ करोड ७७ लाख रुपैयाँ

सेन्चुरी बैंक ६५ करोड २ लाख रुपैयाँ

सिभिल बैंक ३१ करोड ६२ लाख रुपैयाँ