काठमाण्डौ । कोरोनाभाइरसले यतिबेला विश्वभरका मानिसमा त्रासको वातावरण सिर्जना गरेको छ । यसबाट दिनहुँ सयौं मानिसहरुले ज्यान गुुमाइरहेका कारण मानिसहरु यसबाट बच्ने अनेकौ भ्रमपूर्ण उपायहरु खोजिरहेका छन् । 

विभिन्न सामाजिक सञ्जालमा कोरोनाले बचाउने भन्दै अनेक भ्रमपूर्ण समाचारहरु प्रकाशित भइरहेका छन् । कोरोनाभाइरस बारे केही यस्ता कुुराहरु सुुन्न र पढ्नमा आरहेका छन्, जसमा कुुनै पनि वैज्ञानिक सत्यता छैन । यस्ता भ्रमपूर्ण कुुराले मानिसको त्रास बढाउनमा भूमिका खेलिरहेका छन् । यहाँ हामी तपाइलाई केही यस्ता भ्रमका बारेमा बताउँदै छौं, जुुन तपाइहरुले पनि सामाजिक सञ्जालमा देख्नुु र पढ््नुु भएकै होला । यहाँ उल्लेख गरिएका भ्रमहरु विश्व स्वास्थ्य संगठन र जोन हपकिन्स युुनिर्भसिटीद्वारा जारी गरिएको शोध पत्र र अध्ययनबाट लिइएको हो ।   

भ्रम १: मास्कले कोरोनाबाट बचाउनसक्छ 
तथ्यः कुुनै पनि सर्जिकल मास्क भाइरस पाटिकल रोक्ने तरिकाले डिजाइन गरिएको हुँुदैन । तर यसले संक्रमित व्यक्तिबाट अन्यलाई भाइरस फैलनबाट भने रोक्न सहयोग गर्ने काम गर्दछ । मास्कले संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्यूँ गर्दा वा कुुराकानी गर्दा उसको मुुखबाट निस्कने थुुक र पानीको थोपालाई रोक्ने काम गर्दछ । जसले गर्दा अन्य व्यक्तिलाई संक्रमण सर्न रोक्ने काम गर्दछ । 

भ्रम २: साबुुनले हात धुुनुुभन्दा सेनिटाइजर प्रयोग धेरै प्रभावकारी 
तथ्यः साबुुनले हात धुँदा भाइरस मर्नुुका साथै पखालिन्छ पनि । हातमा धुुलो लाग्दा सेनिटाइजरभन्दा साबुुनले हात धुुँदा बढी प्रभावकारी हुुन्छ । 

भ्रम ३: लामखुुट्टेले पनि सार्न सक्छ कोरोनाभाइरस
तथ्यः लामखुुटटे र झिंगाले कोरोनाभाइरस सार्छ भनेर अहिलेसम्म कुुनै पनि वैज्ञानिक प्रमाण भेटिएको छैन । 

भ्रम ४ः भिटामिन सिले कोरोना लाग्दैन 
तथ्यः भिटामिन सिले रोग प्रतिराधात्मक क्षमता बढाउने गर्दछ । यसले भाइरसलाई मारेर रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्दछ । तर भिटामिन सिले कोरोना रोक्न मद्दत गर्छ भनेर कुुनै पनि प्रमाण भेटिएको छैन । 

भ्रम ५ः गौमुुत्रले कोरोनालाई रोक्न सकिन्छ । 
तथ्यः गौमुुत्रले कोरोनालाई रोक्न सक्छ भन्ने कुराको अहिलेसम्म कुुनै पनि प्रमाण वैज्ञानिकहरुले भेटाएका छैनन । 

भ्रम ६ः तुुलसी, बेसार, र एलोभेराबाट बनाइएको घरेलुु सेनिटाइजरले कोरोनाबाट बचाउँछ 
विश्व स्वास्थ्य संगठनका अनुुसार अल्कोहल भएको सेनिटाइजर नै कोरोनाबाट बच्ने उत्तम साधन हो । यसका अलावा प्रयोग हुुने अरु घरेलु सेनिटाइजरहरु असरदार हुँदैनन् । 

भ्रम ७ः चियाले कोरोनाबाट बच्न सकिन्छ  
चियामा पाइने मिथाइल जेथिन्सले भाइरसको प्रभावलाई कम गर्न सक्छ भन्ने कुरा सत्य हो । तर कोरोनाभाइरसको विषयमा भने यसको कुुनै पनि पुुष्टि भएको छैन । त्यसैले चिया पिउँदा कोरोना लाग्दैन भन्ने कुुरा भ्रम मात्रै हो । 

भ्रम ८ः मांसाहारी खानेकुुरा नखाँदा कोरोनाबाट बच्न सकिन्छ ।
मांसाहारी खानेकुुरा जस्तै माछा, मासुु, अण्डा,इत्यादि खाँदा कोरोना लाग्छ भन्ने कुुराको पनि अहिले सम्म कुुनै पुुष्टि भइसकेको छैन । तथापि यस्ता खानेकुुराबाट शरीरलाई आवश्यक पर्ने प्रोटिन पाउन सकिन्छ । 

भ्रम ९ः बालबालिकालाई कोरोनाभाइरस सर्दैन 
अहिलेसम्मको आँकडा हेर्दा बालबालिकालाई कोरोनाभाइरसको संक्रमण कम भएको पाइन्छ । तर यसो भन्दैमा बालबालिकालाई कोरोनाले आक्रमण गर्दैन भन्ने होइन । तथापि यसो नहुुनुुमा बयस्क भन्दा बालबालिकामा यसको एक्सपोजर कम भएकाले हुुन सक्छ । 

भ्रम १०ः घरपालुुवा जनावरलाई पनि हुुन सक्छ कोरोनाभाइरस
घरपालुुवा जनावर जस्तै कुुकुर र बिरालोलाई पनि कोरोनाभाइरस हुुन सक्छ भनेर अहिलेसम्म कुुनै पनि पुुष्टि भइसकेको छैन । तर पनि घरपालुुवा जनावरसँग खेलिसकेपछि र छोइसकेपछि राम्रोसँग हात धुुनु पर्दछ । यसो गर्दा संक्रमणको जोखिम कम हुुने गर्दछ । 

भ्रम ११ः कुुल्ला गर्दा वा माउथवास गर्दा कोरोना हुँदैन
नुुन वा बिटाडिनले कुुल्ला गर्दा कोरोनाको संक्रमणबाट बच्न सकिन्छ भन्ने कुराको अहिलेसम्म कुुनै ठोस आधार भेटिएको छैन । तर यसले अरु जिवाणुुलाई मार्न भने सहयोग गर्ने गर्दछ । 

भ्रम १२ः युुवाहरुलाई कोरोनाबाट डराउन आवश्यक छैन 
कोरोनाले युुवाहरुलाई छुुन सक्दैन भन्ने भ्रम आम मानिसहरुलाई रहेको पाइन्छ । तर यो भाइरसले सबै उमेर र वर्गका मानिसलाई आफ्नो शिकार बनाउने गर्दछ । यसले विशेष गरी वृद्धवद्धा र अस्वस्थ मानिसलाई चाँडै संक्रमणको शिकार बनाउने गर्दछ ।