काठमाण्डौ । यदि तपाई विजिनेश थाल्ने सोंच बनाइरहनुभएको छ र तपाईसँग लगानीका लागि ठूलो रकम छैन भने यो रिपोर्ट तपाईलाई काम लाग्नसक्छ । तपाईलाई आज हामी यस्तै २ विजिनेशको बिषयमा बताउन गइरहेका छौ, जसमा कम लगानीबाटै बढी नाफा कमाउन सकिन्छ । यी विकल्प यस्ता छन्, जसको डिमाण्ड सधैं बजारमा भइरहन्छ र यदि क्वालिटी राम्रो दिन सकियो भने सामान्य ब्राण्डले समेत मालामाल आम्दानी हुनसक्छ ।

विज्ञहरुका अनुसार यी विजिनेशबाट तपाईले मासिक ६० देखि ७० हजार रुपैयाँसम्म नाफा गर्न सक्नुहुन्छ । तर तपाईसँग यी विजिनेश सुरु गर्न करिब ५ लाख रुपैयाँ जति रकम चाहि हुनैपर्छ, बाँकी बैंकबाट लोन लिन सकिन्छ । तपाईले आफ्नो लगानी र बैंकको लोन समेत २ वर्र्षमै तिर्न सक्नुहुन्छ ।

१. टोम्याटो सस
टोम्याटो(टमाटर) सस तथा केचपको माग सधैं नै हुन्छ । खासगरी यस्तो उत्पादन रेष्टुराँ तथा घरमा बढी खपत हुन्छ । यदि लोकल ब्राण्डकै समेत राम्रो क्वालिटी भयो भने यसको डिमाण्ड बढ्नसक्छ ।

कुल खर्च : १३ लाख रुपैयाँ
सुरुवाती खर्च मेसिनका लागि : ३ लाख रुपैयाँ ।

चालु खर्च : १० लाख रुपैयाँ
यो खर्चमा टमाटर, कच्चा पदार्थ, काम गर्नेहरुको तलब, प्याकिङ, टेलिफोन र भाडा, बैंकको ब्याज खर्च समेत सामेल छ ।

कसरी हुन्छ नाफा ?
वार्षिक उत्पादन खर्च : ३९ लाख रुपैयाँ
बार्षिक कारोबार : ४७ लाख रुपैयाँ
बार्षिक खूद नाफा : ८ लाख रुपैयाँ
यो हिसाबले मासिक नाफा : ६६ हजार रुपैयाँ

यसरी हेर्दा वार्षिक रिटर्न ५० प्रतिशत भन्दा बढी हुन्छ । यो हिसाबले २ वर्षमै तपाईले आफ्नो लगानी उठाउन सक्नुहुन्छ ।

२.पापड उत्पादनको विजिनेश
सानो उद्योगसँग जोडिएको एक चर्चित र बढी नाफा हुने विजिनेश पापड उत्पादन पनि हो । पापड किचेनको एक पपुलर प्रोडक्ट हो, जसको डिमाण्ड घर तथा रेष्टुराँमा वर्षभरि नै हुन्छ । तपाईको प्रोडक्टको क्वालिटी राम्रो भयो भने त्यही ब्राण्ड बनिदिन्छ ।

तपाईसँग आफ्नै घर वा खालि ठाउँ भए या नभए पनि यो विजिनेश सुरु गर्न सक्नुहुन्छ । यसका लागि तपाईले भवन भाडामा वा ५ सय वर्गफुटजति खाली जग्गा लिजमा समेत लिन सक्नुहुन्छ ।

कुल खर्च : १६ लाख
चालु खर्च : ५ लाख १६ हजार रुपैयाँ
यसमा कच्चा पदार्थ, लेबर चार्ज, प्याकिङ, टेलिफोन बिल, बिजुलीको बिल तथा भाडा आदि सामेल हुन्छ ।
फिक्स्ड लगानी : ११ लाख २० हजार रुपैयाँ
यसमा पूरा मेसिनरी र सेटअपको खर्च सामेल छ ।

यसरी हुन्छ कमाई
वार्षिक उत्पादन खर्च : ४५ लाख २८ हजार रुपैयाँ
वार्षिक कारोबार : ५३ लाख ६० हजार
वार्षिक नाफा : ८ लाख ३२ हजार
मासिक नाफा : ६९ हजार रुपैयाँ ।
वार्षिक रिटर्न : ५४ प्रतिशत ।

यसको अर्थ २ वर्षमा तपाईको लगानी उठ्नेछ ।