नयाँदिल्ली । गुगल प्ले स्टोरबाट कुनै पनि एप्स् इन्स्टल गर्नुमा सबैभन्दा बढी फाइदा यो हुन्छ कि ती एप्स् भेरिफाइड र सेफ हुन्छन् । गुगलको एउटा ठूलो जिम्मेवारी यो पनि हुन्छ प्ले स्टोरमा कुनै पनि स्क्याम एप्स्को पहुँच नपुगोस् । 
 
त्यसो त गुगलले आफ्नो काम ठीक तरिकाले नै गरिरहेकै हुन्छ तर केही त्यस्ता एप्स् प्ले स्टोरको पहुँचमा पुग्छन् । त्यसैले गुगलले बेला–बेलामा एडिट गरेर वा अन्य कुनै तरिका अपनाएर त्यस्ता एप्स् प्ले स्टोरबाट हटाउँछ । 
 
यस्तैमा यो समस्या हुन आउँछ कि जो युजर्सले एप डाउनलोड गरिसकेका हुन्छ र उनीहरुको मोबाइलमा त्यस्ता एप्स् रहिरहे भने नोक्सान पु¥याउन सक्छ । त्यस्ता एप्स्ले सुरक्षाको दृष्टिकोणबाट स्मार्टफोनलाई नोक्सानी पु¥याउनुका साथै त्यसको ब्याट्री पनि छिटै खतम गर्न सक्छन् । 
 
साइबर सेक्युरिटी रिसर्चले गुगल प्ले स्टोरमा रहेका त्यस्ता लोकप्रिय २२ एप्स् पत्ता लगाएको छ, जुन स्मार्ट फोनका लागि खतरनाक र नोक्सानी पु¥याउन सक्छन् । यी एप्स् हालसम्म २० लाखभन्दा बढी पटक डाउनलोड गरिसकिएका छन् । 
 
यस्ता एप्स्लाई क्लिक फ्रड एप्स् भनिन्छ । यी एप्स्ले केही अरु नै काम गरिरहेको दाबी गर्छन् तर ब्याकग्राउन्डमा कुनै अरु नै कोड रन गरिरहेका हुन्छन् । यस्ता सबै एप्स्मा ब्याकडोर हुन्छ, जसले एप्स् युजरको स्मार्ट फोनमा नोक्सानी पु¥याउने र ह्याकर्सको मद्दत गर्ने खालका फाइल डाउनलोड गरिदिन्छन् । यदि तपाइँको स्मार्ट फोनमा तल उल्लेखित त्यस्ता एप्स् छन् भने तुरुन्त डिलिट गरिहाल्नुहोस् :
 
– स्पार्कल फ्ल्यास लाइट
– स्नेक एट्याक
– म्याथ सल्भर
– सेप सर्टर
– टेक ए ट्रिप
– म्याग्नेफिई
– ज्वाइन अप
– जोम्बी किलर
– स्पेस रकेट
– निओन पोन्ग
– जस्ट फ्ल्यास लाइट
– टेबल स्कोरर
– क्लिप ड्राइभर
– बक्स स्टेक
– जेल्ली स्लाइस
– एके ब्ल्याकज्याक
– कलर टाइल्स्
– एनिमल म्याच
– राउलेटे मेनिया
– हिजाफल
– हिजाब्लक्स्