काठमाण्डौ । जुनसुकै कम्पनी वा फर्ममा काम गर्ने हरेक कर्मचारीमा पदोन्नति र तलब तथा सेवासुविधा वृद्धिको आशा हुन्छ । तर, तलबमा राम्रो बढोत्तरी र समयमा पदोन्नतिको अवसर निश्चित कर्मचारीहरुले मात्र पाउँछन् । हरेक कर्मचारीमा यो वर्ष तलब बढ्ला कि नबढ्ला, प्रमोसन होला कि नहोला ? तलब बढे पनि कति बढ्ला ? यस्ता विषयमा अन्यौल रहन्छ । तर, केही इशारा तथा संकेतहरुको बिषयमा तपाईंले जान्नुुभयो भने तलब तथा सेवासुविधा वृद्धि तथा संभावित प्रमोसनको बिषयमा छटपटी तथा अन्यौल हट्नेछ । एजेन्सीहरुको सहयोगमा तयार गरिएको एक विशेष सामाग्री पढौं, जहाँ केही संकेतहरुको बिषयमा चर्चा गरिएको छ, जसले बताइदिन्छ कि तपाईंको तलब वृद्धि तथा प्रमोसन पक्का हुँदैछ । 

१.महत्वपूर्ण बैठकका लागि बोलावट
पहिला कहिल्यै पनि सहभागी हुन नपाएको महत्वपूर्ण बैठकमा तपाईलाई बोलाइन्छ भने सम्झनुुहोस्, तपाईको पदोन्नति हुँदैछ । तपाईंको बोसले तपाईको पदोन्नतिसँगै तलब र सेवासुविधातर्फ पनि वृद्धि गर्न लागेको यो राम्रो संकेत हो । 

२.आफ्नो हाकिमको प्रमोसन
यदि तपाईंको हाकिम अगाडि बढिरहेका छन् भने प्रवल संभावना रहन्छ कि तपाई पनि अगाडि बढ्नुुहुुनेछ । यस्तो अवस्थामा आफ्नो बोससँग निकै निटक रहेर काम गर्नुभएको छ भने निश्चित हुनुहोस्, तपाईको पनि प्रमोसन टाढा छैन । 

३.यदि सल्लाह मागियो भने
यदि ठूलो काम तथा निर्णय लिनुुअघि तपाईको सुुझाव लगातार मागियो भने सम्झनुपर्छ तपाईको बुद्धिमानी र अनुुभवको कदर गर्न खोजिदैछ । यसको अर्थ स्पष्ट हुन्छ, संस्थाका संचालकले तपाईमा अझ माथि जाने क्षमता देखिरहेका छन् । 

४.लगातार प्रशंसा
यदि तपाईलाई लगातार रुपमा कामको प्रशंसा गर्दै इमेल आइरहन्छ, सार्वजनिक ठाउँहरुमा समेत तपाईंको कामको प्रशंसा हुन्छ भने तपाईले संकेतको रुपमा बुुझ्नुपर्छ । यसको अर्थ स्पष्ट हो कि व्यवस्थापन चाँडो भन्दा चाँडो तपाईलाई प्रमोसन दिने मूडमा छ । 

५.कामको दायरा बढ्नुु
यदि तपाईलाई आफ्नो स्तर भन्दा माथिको काम गर्न दिइन्छ र ठूलो काममा पनि तपाईंको भागिदारी सुनिश्चित हुन्छ भने सम्झनुहोस् तपाईको प्रमोसन पक्का छ । यो संकेतले प्रमोसनको हिसाबले तपाई अरु भन्दा राम्रो उम्मेद्वार रहेको समेत प्रष्ट्याउँछ ।