काठमाण्डौ । बिजिनेश सुरु गर्ने र त्यसबाट राम्रो पैसा कमाउने काम सजिलो हुँदैन । यसका लागि तपाईसँग अलग किसिमको बुद्धि र जुक्ति हुन आवश्यक छ । हाम्रा आसपास यस्ता कयौं मानिस हुन्छन्, जसले सामान्य स्तरबाट सुरु गरेको बिजिनेशबाटै राम्रो कमाई गरी आफ्नो बिजिनेशको साम्राज्य नै खडा गरिदिएका छन् । हामीले यहाँ पुरानो पुस्ताको कुरा गरिरहेका छैनौ, यस्तो नयाँ पुस्ताको कुरा गरिरहेका छौ, जसले निकै राम्रो ढंगले आफ्नो विजिनेश साम्राज्य स्थापना गरेका छन् । 

आज हामी तपाईलाई यस्तै ५ फिल्मको बिषयमा बताउन गइरहेका छौ, जुन फिल्म हेरेर तपाईभित्रको बिजिनेशम्यान बाहिर आउनेछ । यी फिल्मबाट तपाईलाई समस्याग्रस्त समयबाट मुक्ति पाउने टिप्स प्राप्त हुनेछ । यी फिल्महरु सत्यकथामा आधारित भई बनाइएको हो, यहीकारण यसको कथाप्रति तपाईले पनि भरोसा गर्न सक्नुुहुन्छ ।

१.स्टार्टअप डटकम


यो फिल्मको कथा यस्ता दुुई युवकको हो, जसले आफ्नो स्टार्टअप डटकम सुरु गर्छन् । दुवै हावर्ड विश्वविद्यालयमा एकसाथ पढ्ने सहपाठी हुन् । पढ्ने क्रममा उनीहरुले केही नयाँ गर्ने सोंच बनाउँछन् । यी दुवै युवाले यस्तो बेलामा आफ्नो केही सुरुवात गर्ने सोंच बनाउँछन्, जुन बेला इन्टरनेटको साम्राज्य तीव्र गतिमा फैलिने अवस्थामा हुन्छ । दुवैले यो क्रममा के कस्ता समस्याको सामना गरे, कुन उतारचढावबाट गुज्रिए, यी सबै कुराको कहानी यो डकुमेन्ट्री फिल्मबाट तपाईले पाउनुहुनेछ । 

२.द स्टार्टअप किड


यो फिल्ममा कयौं स्टार्टअपको कहानी समेटिएको छ । जसले तपाईलाई प्रोमोटसँगै संभावित असफलताका लागि तयारी पनि राख्नेछ । यसमा ड्रपबक्स, फूडस्पटिङ, साउण्डक्लाउड र कीपको सुरुवात गर्नेहरुको बिषयमा धेरै कुराहरु बताइएको छ । कुन वस्तुले यिनीहरुलाई भित्रैबाट तागत दिन्छ, जसको मद्धतले यी मानिस सबै मुश्किलहरुलाई झेलेर आफ्नो कामलाई लक्ष्यसम्म पुर्याउन सक्नेछन् भन्ने बिषय पनि समेटिएको छ । 

३.समथिङ भेञ्चर्ड


तपाईसँग निकै राम्रो अवधारणा छ, तर त्यसलाई कार्यान्वयन गर्ने पैसा साथमा छैन भने त्यस्तो अवस्थामा के होला ?यस्तो अवस्थामा तपाईलाई लगानीकर्ता आवश्यक हुन्छ, तर लगानीकर्तालाई तपाईले आफ्नो आइडिया नै बेच्न पाउनुुभएन चाहि के होला ? यो डकूमेन्ट्रीमा तपाईलाई निकै ठूला टेक्नोलोजीसँग सम्बन्धित कम्पनी एप्पल, इन्टेल तथा आर्टरीको बारेमा बताइएको छ । यी कम्पनीहरु आज जुन स्थानमा छन्, त्यहाँ उनीहरु कसरी पुुगे तथा यदि यी कम्पनीसँग जोडिएका मानिसले लगानीकर्ताको भरोसा जितेका थिएनन् भने यिनीहरुको के हालत हुन्थ्यो होला भन्ने बिषयलाई समेत सुन्दर ढंगले प्रस्तुत गरिएको छ । 

४.स्टीव जब्स : वन लास्ट थिङ


स्टीव जब्सको कथा प्राय धेरैलाई थाहा होला । तर, त्यही कथालाई स्क्रीनमा हेर्दा छुट्टै मज्जा आउँछ । कसरी एक युवक एप्पलको सीइओ बने र कसरी ती युवक वर्षौसम्म सो कम्पनीको नेतृत्वमा रहिरहे भन्ने तथ्यलाई समेत उस्तै सुन्दर ढंगले प्रस्तुत गरिएको छ । यस्ता कयौं समय तथा परिस्थितिहरु थिए, जुन बेला उनी भड्किन सक्थे, तर उनीभित्र त्यस्तो के थियो, जसले उनलाई सधैं दृढ बनाइराख्यो र यहीकारण उनी पूरा मजबुतीको साथ आफ्नो काममा लागि रहन सके र सफल भए । 

५.फ्रेकोनोमिक्स
यदि तपाईले यस्तो चिजलाई पक्रन सक्नुुभयो, जसले कुनै पनि व्यक्तिलाई कुनै पनि काम वा दिशामा परिचालन गर्नसक्छ भने सम्झनुुहोस् कि तपाईले उसलाई यति हदसम्म मोटिभेट गर्नसक्नुुहुन्छ कि सो व्यक्ति तपाईको ग्राहक बन्नेछ । यो फिल्म हेरेर तपाईलाई मुख्य रुपमा यही कुराको अनुुभूत हुन्छ । यो फिल्मको कहानीले मनोविज्ञान र बजार रणनीतिको बीचको गहिरो सम्बन्धलाई उजागर गर्न मद्धत गर्नेछ ।