काठमाण्डौ । आम मानिसको तुलनामा पैसाको बिषयमा अर्बपतिहरुको सोंच तथा काम गर्ने शैली फरक हुन्छ भन्ने कुरा सबैले बुुझेकै कुरा हो । तर त्यतिले मात्र उनीहरु अर्बपति बनेका हुँदैनन्, उनीहरुसँग पैसा कमाउने बाहेक पैसा बचाउने र त्यसको उत्कृष्ट व्यवस्थापन गर्ने समेत निकै राम्रो कला हुन्छ । यहीकारण कमाईको साथमा उनीहरुले पैसा समेत राम्रो ढंगले बचत गरिरहेकै हुन्छन् । पैसा खर्च गर्ने बिषयमा उनीहरुको निर्णय समेत निकै विशेष हुन्छ । प्रत्येक खर्चपहिला उनीहरुले आफ्नै हिसाबकिताब गरिसकेका हुन्छन् । सायद यही नै उनीहरुको सफलताको खास मन्त्र पनि हो । आउनुहोस्, जानौं करोडपति तथा अर्बपतिहरुको कुन चाहि यस्तो आदत छ, जसलाई अनपाएर तपाई पनि बचत मात्र गर्न सक्नुु हुनेछैन, बरु आर्थिक रुपमा आफूलाई मजबुत पनि बनाउन सक्नुुहुनेछ । 

इन्टरप्रेनियर डटकममा छापिएको एक रिपोर्टका आधारमा तपाईलाई हामी बताउन गइरहेका छौ कि बचत गर्ने र आर्थिक रुपमा आफूलाई मजबुत बनाउने केही विशेष सूत्रहरु । 

सबै खर्चको दुरुस्त हिसाबकिताब
धेरै मानिस हरेक दिन हुने सानोदेखि ठूला खर्चको हिसाबकिताब राखिरहेका हुँदैनन् । तर धनीको मामलामा यस्तो हुँदैन । धनी मानिसले आफ्नो प्रत्येक दिनको खर्चको सही हिसाबकिताब राख्नका लागि कतिपय एपहरुको समेत प्रयोग गरिरहेका हुन्छन् । दैनिक, मासिक र वार्षिक रुपमा उनीहरुले आफ्नो खर्चको हिसाबकिताब राख्छन् । यसबाट उनीहरुलाई यो थाहा हुन्छ कि आम्दानीको अनुपातमा खर्चको जुन सीमा तोकिएको थियो, त्यो भन्दा बढी खर्च त भइरहेको छैन भन्ने कुरा । यसबाट यदि उनीहरुलाई बढी खर्च भइरहेको छ भन्ने लाग्यो भने त्यसलाई कम गरिदिन यो बानीले सहज हुनेछ । 

खरीदअघि रेटको तुलना
धेरै मानिसमा यस्तो बानी हुन्छ कि कुनै बजार वा सपिंग मलमा गएर आफूलाई कुनै सामान मन पर्यो भने त्यो सामान तुरुन्तै खरीद गर्ने । तर धनीहरु यो बिषयमा समेत धेरै हतारो गर्दैनन्, धैर्य गर्न जान्दछन् । रिपोर्टका अनुसार धनी मानिस कुनै वस्तुु खरीद गर्नुअघि त्यसको रेटको बिषयमा विभिन्न माध्यमबाट बुुझ्दछन् । अहिले त धेरै धनी मानिसहरु वेबसाइटमा समेत ती सामानको मूल्यको तुलनात्मक अध्ययन गर्छन । आम मानिसमा यसको ठीक विपरीत हुन्छ । मन पर्यो भने सामान खरीद गर्छन् र पछि मात्र उनीहरुलाई थाहा हुन्छ कि त्यो सामानमा उनीहरुले बढी पैसा हाले भन्ने कुरा । 

थोरै नगद मात्र राख्छन्
ठूला विजिनेशमेनहरु आफूलाई जति पैसा आवश्यक हुन्छ, त्यति मात्र पैसा लिएर हिँड्ने गर्छन् । रिपोर्टका अनुसार अधिकांश धनी मानिस आफूसँग धेरै नगद लिएर हिँड्दैनन् । यसबाट उनीहरुलाई आफ्नो खर्चको पूरा डिटेल राख्न निकै ठूलो सहयोग हुन्छ । 

बचतखाता आवश्यक, लामो अवधिमा फोकस
रिपोर्टका अनुसार अधिकांश धनी मानिसहरुले बचतखातामा समेत आम्दानीको एक हिस्सा राख्ने गर्छन । आफ्नो सानोतिनो बचत समेत उनीहरु बचतखातामै राख्न मन पराउँछन् । यो रकमलाई उनीहरुले इमेरजेन्सी फण्डको रुपमा समेत प्रयोग गर्छन् । धनी आफ्नो आम्दानीको ठूलो हिस्सा कुनै दोश्रो ठाउँमा लगानी गरेर ब्लक गर्नुको साटो विजिनेश बढाउनेमा लगाउँछन् । आम मानिसले चाहि छोटो अवधिका लागि मात्र सोचेर धेरै काम गरिरहेका हुन्छन्, तर धनीमा यो नियम लागूू हुँदैन । धनीहरु लामो समयका लागि सोच्छन् र सोही अनुसार लगानी गर्छन् । 

आम्दानीको एक भन्दा बढी स्रोत
धनीहरुको एउटा खास विशेषता यो हो कि आम्दानीका लागि उनीहरुले साइडमा समेत केही न केही गरिरहेका हुन्छन् । एउटा मात्र नभई २ भन्दा बढी स्रोतहरु तयार गरिरहेका हुन्छन् । दोश्रो स्रोतबाट हुने बचतले उनीहरुलाई आर्थिक सुरक्षा प्रदान गर्छ । उनीहरु सधैंभरि आफ्नो विजिनेशमा जुनसुकै बेला घाटा हुनसक्छ भन्ने सोंच राख्छन् र त्यसका लागि बेलैदेखि आफूलाई तयार बनाउँछन् । यस्तो अवस्थामा आर्थिक सुरक्षाबाट उनीहरु अतिरिक्त खर्चबाट जोगिन सक्छन्।

आवश्यकता र सौखमा अन्तर
खर्च गर्नु मात्र कुनै धनी मानिसको पहिचान होइन । आम मानिसका लागि उनीहरुको सौख ठूला कुरा होला, तर धनीका लागि यो होइन । पैसाको बचतको मामलामा धनीहरुको यो विशेषता हुन्छ कि उनीहरु सौख र आवश्यकताबीचको अन्तर उनीहरुले पहिचान गर्छन । यसको अर्थ यदि उनीहरुलाई कुनै चिजको आवश्यकता छैन भने त्यसमा सौख पूरा गर्नैका लागि मात्र खर्च गर्दैनन् । देशमा कयौं ठूला विजिनेशमेन छन्, जसले बिनाकारण डिजाइनर कपडा, ब्राण्डेड जुत्ता, एक्सेसरिजको नाममा धेरै खर्च गर्दैनन् । उनीहरुले यस्तो चिजमा खर्च गर्छन्, जसलाई लामो समयसम्म साथमा राख्न सकियोस् र भविष्यमा त्यसको मूल्य समेत बढ्न सकोस् । 

ऋण लिंदा हैरानी
आम मानिसको कुरा गर्ने हो भने सानोतिनो ऋण लिनुु, ऋणमै क्रेडिट कार्ड लिनु सामान्य भइसकेको छ । तर धनीहरुको मामलामा यस्तो हुँदैन । उनीहरु भरसक क्रेडिट कार्डको प्रयोगबाट बच्छन् । धनीहरुको अर्को विशेषता यो हुन्छ कि उनीहरु ऋणमा पर्न चाहदैनन्, ऋण लिइहाले पनि त्यसलाई चुक्ता नगरुञ्जेल उनीहरुलाई शान्ति हुँदैन । ऋणलाई उनीहरु ग्रोथको अवरोध मान्दछन् । विजिनेशमा धेरै समस्या नै भइहाल्यो भने मात्र उनीहरु ऋण लिने बिषयमा सोच्दछन । तर सामान्य मानिस सामान्य कामका लागि समेत ऋण लिइरहेका छन्, यही कारण उनीहरुले ऋण चुक्ताको नाममा महंगो ब्याजदर र मासिक इएमआईको भार सहनुुपर्छ । 

प्रत्येक कामका लागि बजेट
धनीहरुले आफ्ना सबै कामका लागि व्यवस्थित ढंगले बजेट बनाउँछन् र त्यसैको सीमाभित्र रहेर मात्र खर्च गर्छन् । आफ्नो अनिवार्य आवश्यकतादेखि लिएर मनोरञ्जन र घुमघाममा समेत निश्चित बजेट छुट्याउँछन्, तर विनियोजित बजेटभन्दा बढी खर्च गर्दैनन् ।