काठमाण्डौ । आफ्नो करिअर र विजिनेशमा सफल हुनका लागि नयाँ–नयाँ कुराहरु जोड्न वा सोच्न आवश्यक छैन । बरु तपाईसँग भएका बानी तथा अन्य खराब पक्षहरु छोडे वा परिवर्तन गरे सफलता टाढा हुन्न । यहाँ प्रत्येक मानिसका लागि सफलताका अनेक परिभाषा हुुन्छन् । यसमा केही चिज तपाईंले आजै र अहिले नै त्याग्न सक्नुहुन्छ भने कतिपय चिज त्याग्न समय लाग्नसक्छ । 

एक विज्ञले भनेका छन्–‘तपाई मात्र एक जुनी जिउनुहुन्छ, यदि यो अवधिमा तपाईले सही तरिकाले जिउनुुभयो भने यो समय तपाईका लागि काफी हुन्छ।’ 

सफल व्यक्ति लामो समयका लागि रणनीति बनाउँछन्, उनीहरुलाई थाहा हुन्छ कि यसको परिणाम छोटो अवधिमै निस्किदैन, त्यसैले उनीहरु दिनरात मेहेनत गर्छन्, आफ्नो काममा खटिन्छन्  ।

1.अस्वस्थ जीवनशैली त्याग्ने
आफ्नो शरीरलाई सधै ध्यानमा राख्नुुपर्छ, यो नै एक यस्तो स्थान हो, जहाँ तपाई बाँच्नुुहुन्छ । यदि तपाई जीवनमा केही गर्न चाहनुहुन्छ भने सबै कुरा यहीँबाट सुरु हुन्छ । त्यसकारण पहिला तपाईले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ । यसका लागि केवल दुुई चिजको जरुरत हुन्छ । ती हुन्–स्वस्थ खानपान र नियमित शारिरीक अभ्यास । सुन्दा सामान्य लागे पनि यी दुुई चिजले तपाईको जीवन बदलिदिन्छ र तपाईलाई सफल बनाइदिन्छ । 

2.बहानाबाजी छाड्ने
सफल मानिसलाई आफू आफ्नो जीवनप्रति जिम्मेवार छु भन्ने कुराको सधैं अनुुभूति हुन्छ । तपाई आफ्नो जीवन वा सफलता तथा असफलताका लागि आफैं सबैभन्दा बढी जिम्मेवार हुनुहुन्छ । तपाईले कहाँबाट सुरु गर्नुभयो, कमजोरी के हो, पुरानो विफलता के हो, यस्ता कुराले कुनै फरक पार्दैन । त्यसकारण यस्ता बिषयमा अल्झिएर बाहानाबाजी गर्नुहुँदैन । 

3.निश्चित सोंच त्याग्ने
भविष्यले त्यस्ता मान्छेलाई मात्र साथ दिन्छ, जसले धेरै कुरा सिक्न चाहन्छ र त्यसलाई सिर्जनात्मक ढंगले प्रयोगमा ल्याउँछ । त्यसकारण निश्चित व्यक्तिलाई लाग्नसक्छ कि उनीहरुको प्रतिभा नै सबैथोक हो र यहीँबाट उनीहरुले सफलता पाउँछन्, तर यो सोंच गलत हो । सफल व्यक्ति आफ्नो प्रतिभा निर्खानका लागि हरेक पल काम गर्छन्, नयाँ–नयाँ कुरा तथा आइडिया खोज्छन् । र, आफ्नो जीवनलाई परिवर्तन गर्न सबै चिजहरु नयाँ कुरा सिक्नमै लगाउँछन् । एउटा कुरा ध्यान राख्नुहोस्, तपाई आज जे हुनुहुन्छ, यो निश्चित हुँदैन कि भोलि पनि तपाई त्यही रहिरहनुुहोस् । 

4.जादूमाथि विश्वास नगर्ने
रातारात जादूूमय ढंगले सफल हुनुु भनेको एउटा मीठो कहानी मात्र हो । सफल मानिसलाई थाहा हुन्छ कि, हरेक दिन सानो–सानो कुरामा ख्याल गरियो भने आफूले चाहेको सफलताको शिखर चुम्न सकिन्छ । यसका लागि मेहेनत चाहिन्छ । 

5.आफ्नो परफेक्सनजिमलाई छाड्ने
कुनै पनि चिज परफेक्ट हुँदैन, चाहे तपाई जतिसुकै कोशिश किन नगर्नुहोस् । विफलता वा सफलताको डरले अक्सर कदम उठाउन बाध्य बनाइदिन्छ र दुनियाँको सामु आफूलाई काममा राखिराख्न पनि बाध्य पारिदिन्छ । त्यसकारण आफ्नो विशेषज्ञतालाई छाडिदिनुहोस्, नयाँ–नयाँ कुरा सिक्ने गर्नुभयो भने मात्र तपाई सफल बन्न सक्नुहुन्छ । 

6.धेरै काम एकसाथ नगर्ने
यदि तपाई रोकिएपछि प्रत्येक भूूक्ने कुकुरलाई ढुुंगा हान्नुुहुन्छ भने तपाई आफ्नो लक्ष्यसम्म कहिल्यै पुुग्न सक्नुुहुन्न । सफल व्यक्तिले यो कुरालाई राम्रोसँग बुुझेका हुन्छन् । त्यसकारण उनीहरु एउटा चिजलाई मात्र छान्छन् र त्यसलाई पूरा गर्छन । यसमा चाहे कुनै विजिनेश आइडिया नै किन नहोस्। 

7.हरेक चिजलाई नियन्त्रण गर्न सकिन्न
केही काम तथा चिज हाम्रो नियन्त्रणमा हुन्छ । तर सबै चिज हाम्रो नियन्त्रणमा हुँदैन । सफल व्यक्तिलाई यो सूत्र पनि मज्जाले थाहा हुन्छ । 

8.सबै कुराका लागि ‘हुन्छ’ भन्न छाडिदिने
सफल व्यक्तिलाई यो कुरा थाहा हुन्छ कि आफ्नो लक्ष्य हासिल गर्न उनीहरुले आफ्ना साथीभाई, परिवारजन तथा सँगै काम गर्नेहरुको सबै माग, गतिविधि तथा कामलाई ‘हुन्न’ पनि भन्नुपर्ने हुन्छ । यस्तो बेला सर्ट टर्ममा मिल्ने खुशीलाई तपाईले गुमाउनुपर्ला, तर जब लक्ष्य प्राप्ति हुन्छ, त्यसबेला तपाईलाई आनन्दै आउँछ । 

9.गलत कुरा गर्ने र बोल्नेसँग टाढै बस्ने
जो मानिसहरुसँग हामीले धेरै समय बिताउँछौ, हामी पनि उनीहरुजस्तै हुन्छौ भनिन्छ । यहाँ केही व्यक्ति व्यक्तिगत र व्यवसायिक जीवनमा एड्भान्स हुन्छन् भने कोही धेरै नै एड्भान्स । यसकारण, यदि तपाई आफूभन्दा कम एड्भान्स व्यक्तिसँग मात्र संगत गर्नुहुन्छ भने तपाईको सफलता पनि कम नै हुन्छ । त्यसकारण आफूूभन्दा एड्भान्स व्यक्तिको संगतमा रहनुुहोस् । झूठ बोल्ने, गलत काम गर्ने घटियाहरुसँगको संगतदेखि टाढै बस्नुहोस् ।