काठमाडौँ । युनाइटेड फाइनान्सले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरणअनुसार खुद नाफा ४० दशमलव ३२ प्रतिशतले कमी आएको छ । गत वर्षको सोहीको अवधिमा ८ करोड ५० लाख खुद नाफा आर्जन गरेको फाइनान्सको खुद नाफा यस वर्ष ५ करोड ७ लाखमा खुम्चिएको छ । फाइनान्सले गत वर्षको भन्दा ३ करोड ४३ लाख कम नाफा आर्जन गर्न सकेको हो ।
 
समीक्षा अवधिमा फाइनान्सको ब्याज आम्दानीमा समेत उल्लेख्य रुपमा कमी आएको छ  । यस अवधिमा फाइनान्सले १५ करोड ९२ लाख रुपैयाँमात्र ब्याज आम्दानी गर्न सकेको हो । गत वर्ष यही अवधिमा फाइनान्सले १८ करोड ४१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । फाइनान्सले गत वर्षको भन्दा १३ प्रतिशत कम ब्याज आम्दानी गर्न सकेको हो ।
 
यसैगरी फाइनान्सको सञ्चालन आम्दानीमा व्यापक कमी आएको छ । समीक्षा अवधिमा फाइनान्सले २० करोड ५६ लाख सञ्चालन आम्दानी गरेको छ । गत वर्ष फाइनान्सले २२ करोड ५० रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो गत वर्षको भन्दा १ करोड ९६ लाख कम हो ।
 
कम्पनीका अधिकांश सूचक नकारात्मक देखिएका छन्  । कम्पनीमा खराब कर्जा अनुपात क्रमश वृद्धि हुँदै गएको छ । गत वर्ष कूल कर्जाको शून्य दशमलव ६४ प्रतिशत कर्जा खराब कर्जा रहेको फाइनान्समा सो अनुपात वृद्धि भई शून्य दशमलव ८७ प्रतिशत पुगको छ । यसैगरी प्रतिशेयर आम्दानीमा समेत कमी आएर ८ दशमलव ४६ रुपैयाँ कायम भएको छ ।
 
गत वर्ष ६७ करोड २७ लाख चुक्ता पूँजी रहेको कम्पनीले चुक्ता पूजी वृद्धि गरी ८० करोड नघाए पनि नाफा बढ्न नसकेका कारण कम्पनीको वित्तीय अवस्था नकारात्मक बन्न पुगेको छ । फाइनान्सले खर्च र आम्दानीको अनुपात व्यवस्थापन गर्न नसक्दजा नाफामा कमी आएको हो । मूल्य आम्दानी अुनपात २३ दशमलव ६५ पं्रतिशत रहेको फाइनान्सको जगेडा कोषमा २१ करोड ९ लाख रुपैयाँ रहेको छ ।