काठमाण्डौ । युनाइटेड फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरु लाभांश प्रस्ताव गरेको छ ।

संस्थाको हिजो मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कुल १०.५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । सञ्चालक समितिले वितरणयोग्य मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र ७.५२ प्रतिशत नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि आगामी साधारणसभाबाट सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।