काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले अघिल्लो बोलकबोलबाट बिक्न बाँकी रहेको डेढ लाखभन्दा बढी अवितरित संस्थापक समूहको हकप्रद सेयर पुनः लिलामी प्रक्रियामार्फत बिक्री खुलाउने भएको छ ।

कम्पनीले गत भदौ ३ गतेदेखि असोज २३ गतेसम्म ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । त्यो अवधिमा बिक्री हुन बाँकी रहेको संस्थापक समूहको १ लाख ५७ हजार ६४९.६० र सर्वसाधारण समूहतर्फको ३ लाख ४१ हजार ५४३ कित्ता हकप्रद सेयर गत मंसिर १० गतेदेखि बोलकबोलमार्फत बिक्री खुलाएको थियो ।

उक्त बोलकबोलमार्फत पनि बिक्री हुन बाँकी रहेको संस्थापक समूहको १ लाख ५७ हजार ६४९.६० कित्ता हकप्रद सेयर पुनः लिलामीमा प्रक्रियाबाट बिक्री खुलाउन लागेको हो । कम्पनीले लिलामीमा राख्न लागेको हकप्रद सेयर पुस ३ गतेदेखि पुस १० गतेसम्म लिलामी प्रक्रियाबाट उठाउन सकिने छ ।

लिलामीमा राख्न लागिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता रु. १०० रुपैयाँ तोकिएको छ । आवेदकले उक्त न्यूनतम मूल्यभन्दा बढी मूल्यमा बोलपत्र पेस गर्नुपर्नेछ ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हशजार कित्ता वा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा वा अधिकतम १ लाख५७ हजार ६४९.६० कित्ताका लागि आवेदन दिन सकिनेछ ।

सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।