काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि आउँदो आज मंगलबारदेखि ७२.५७ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीको पुँजी वृद्धिका लागि युनाइटेडले गत चैत २९ गते २४०% हकप्रद सेयर निष्कासन अनुमति माग धितोपत्र बोर्डसँग गरेको थियो ।

कम्पनीले  १०० रुपैयाँ अंकित दरमा १०:२४ कित्ताको अनुपातमा हकप्रद सेयर बिक्री खुलाएको छ । लगानीकर्ता सेयरधनीहरुले असोज ६ गतेसम्म खरिद आवेदन दिन सक्नेछन् । साउन १४ मा सेयरधनी दर्ता किताब बन्द गरिएकोले सोभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरुले मात्र खरिद आवेदन दिन पाउने छन् ।

हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको युनाइटेडको हकप्रद सेयर जारी गरेपछि एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको हकप्रद सेयरलाई केयर रेटिङ्स नेपालले केयर एनपीआईपीओ ग्रेड ४ रेटिङ प्रदान गरिसकेको छ ।