काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) को वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

युनाईटेड ईन्स्योरेन्स कं. (नेपाल) लि.को आ.व. २०७४/०७५को २५ औं बार्षिक साधारण सभा आज कात्तिक २६ गते मंगलबार बबरमहल–११ स्थित कार्की ब्याङ्गकेटमा सम्पन्न भएको हो । 

सो वार्षिक साधारण सभामा कम्पनीका संचालक समिति अध्यक्ष भरतबहादुर कार्कीको अध्यक्षतामा सामान्य प्रस्तावहरु र विशेष प्रस्ताहरुमा छलफल गरी पारित भएका छन् । त्यसैगरी संचालक समिति सदस्यहरुको बैठक भत्ता सम्बन्धी प्रस्ताव साधारण सभाको बहुमतले पारित भएको घोषणा संचालक समिति अध्यक्ष कार्कीबाट घोषणा भयो । 

प्रस्तावहरुमा आ.व. २०७४/०७५बार्षिक प्रतिवेदन, सोही आ.व.को नाफा नोक्सान तथा नगदप्रवाहको विवरण लगायत वित्तीय विवरणहरु पारित गर्दै आगामी आ.व. २०७५/०७६ को लागि लेखा परीक्षकमा मदन निरौला एण्ड कम्पनीलाई नियुक्त गरिएको छ । त्यसैगरी बिशेष प्रस्तावको रुपमा पेश भएको संचालक समितिको संरचनामा ७ जना संचालक सदस्यहरु रहने गरी कम्पनीको विनियमावलीमा संसोधन गर्ने प्रस्ताव र कम्पनीले भविष्यमा कुनै निर्जिवन बीमाकम्पनीहरुसंग एक आपसमा गाभ्ने/गाभिने चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्न निजको पारिश्रमिक तोक्न लगायत मर्जर सम्बन्धी अन्य आवश्यक प्रकृया पूरा गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ ।