काठमाण्डौ । युनाईटेड ईन्स्योरेन्स कं. (नेपाल) लि. र एसआरएल डायग्नोस्टिक्स नेपाल प्रा.लि का बीच आज मंगलबारका दिन सेवा सुविधामा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा युनाईटेड ईन्स्योरेन्स कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र एसआरएल डायग्नोस्टिक्स नेपाल प्रा.लिका आधिकारिक प्रतिनिधि  रविन्द्र रत्न तुलाधरले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सो अवसरमा दुवै संस्थाका तर्फबाट सम्झौताबमोजिम एसआरएल डायग्नोस्टिक्सबाट प्रदान गरिने सुविधाहरु ल्याब टेष्ट परीक्षण गर्दा युनाईटेड ईन्स्योरेन्स कम्पनीका ग्राहकहरु तथा कर्मचारीहरु र निजका परिवारका सदस्यहरु समेतका लागि १५ प्रतिशत छुट दिन हुँदा सहज र सरल प्रकृयाबाट सेवा उपभोग गर्न सकिने विचार व्यक्त गरे । 

उक्त समारोहमा एसआरएल डायग्नोस्टिक्स नेपाल प्रा.लिका असिष्टेन्ट रिलेशनसीप म्यानेजर रत्ना महत तथा युनाईटेड ईन्स्योरेन्स कम्पनी नेपाल लि.का तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, वरिष्ठ प्रबन्धक विवेक कुमार पाठक लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।