काठमाण्डौ । सेयर बजारको हटकेक तथा प्रतिकित्ता सर्वाधिक मूल्य रहेको युनिलिभर नेपाल लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफा र प्रतिसेयर आम्दानी(इपीएस)मा छलाङ मारेको छ । 

यो कम्पनीले ३० करोड १७ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा युनिलिभरको खूद नाफा १७ करोडमा सीमित थियो । 

यो कम्पनीको खूद संचालन आम्दानी पनि बढेर निकै माथि पुुगेको छ । समीक्षा अवधिमा यस्तो आम्दानी १ अर्ब ४३ करोड ८१ लखको उचाईमा पुुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ८२ करोड ७६ लाखमा सीमित थियो । 

युनिलिभरले सेल्सबाट १ अर्ब १५ करोड २२ लाख बढी खूद कमाई गरेको छ । अघिल्लो वर्ष यस्तो कमाई ६४ करोड ३७ लाखमा सीमित थियो । 

कम्पनीको कुल सम्पत्ति समेत बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म २ अर्ब ८७ करोड सम्पत्ति रहेकोमा त्यो वृद्धि भई ३ अर्ब ५६ करोडको उचाईमा पुुगेको छ । जगेडाकोष चाहि केही कमजोर भएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म रिटेन्ड अर्निंग एण्ड रिजर्बमा १ अर्ब १८ करोड ९६ लाख रहेकोमा यो वर्ष घटेर १ अर्ब ९ करोड २८ लाखमा सीमित बन्न पुुगेको छ । 

समीक्षा अवधिमा युनिलिभर नेपाल लिमीटेडको प्रतिसेयर आम्दानी बढेर ३२८ रुपैयाँको उचाईमा पुुगेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १८५ रुपैयाँमा सीमित थियो । यस्तै, मूल्य आम्दानी अनुपात २५.२१ गुणा र प्रतिसेयर नेटवर्थ १२१० रुपैयाँ कायम भएको छ । यो कम्पनीको सेयर मूल्य दोश्रो बजारमा प्रतिकित्ता ३० हजार माथि कारोबार भइरहेको छ ।