काठमाण्डौ । युनिलिभर नेपाल लिमीटेडले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति सार्वजनिक गरेको छ । 

नेप्सेमा सूचिकृतमध्ये सबैभन्दा महंगो सेयर मूल्य रहेको यो कम्पनीले भदौ ३० देखि असोज २० गतेसम्मको अवधिलाई बुक क्लोजको मिति तोकेको हो । यो कम्पनीको पछिल्लो प्रतिकित्ता मूल्य ३० हजार रुपैयाँ रहेको छ । 

यो कम्पनीले असोज २० गते आफ्नो वार्षिक साधारणसभा आयोजना गर्नेछ । 

साधारणसभामा आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई दिइने भनी निर्णय गरिएको प्रति कित्ता १२७० रुपैयाँ लाभांशको प्रस्ताव पेश हुनेछ । यसबाहेक गत आर्थिक वर्षको हिसाबकिताब, नाफानोक्सान लगायतका वासलात समेत पास हुनेछ ।