सामाजिक सञ्जालमा एक भिडियो भाइरल बन्यो । उक्त भिडियोमा तपाई एक गाईलाई रोइरहेको देख्न सक्नुहुन्छ । यो भिडियो जर्मनीको हो, जहाँ हत्या गर्नको लागि एक गाईलाई वधशालामा ल्याइएको हुन्छ ।

गाईले सायद थाहा पाउँछ कि उसको हत्या हुँदैछ । त्यसपछि उसले आँसु निकाल्न थाल्छ । जुन आँसु जनावरको हकहितमा काम गर्नै एक संस्थाको नजरमा पर्छ र त्यहाँबाट छुटाएर नयाँ घरमा ल्याइन्छ ।

हाम्रो देशमा गाई राष्ट्रिय जनावर हो र हिन्दू धर्मअनुसार गाईलाई लक्ष्मीको प्रतिक मानिन्छ । तिहारमा लक्ष्मीपूजाको दिन गाईलाई पूजिन्छ भने सामान्य त गाईलाई हिन्दू धर्मालम्बीहरुले दैनिक पूजा गर्दछन् । कतिपय क्षेत्रम त अझै गाईको बिक्री गर्दा पाप लाग्छ भन्ने मान्यता विद्यमान छ ।