काठमाण्डौ । गत अप्रिल महिनामा युुरोप क्षेत्रको कार बिक्रीमा नाटकीय गिरावट आएको देखाएको छ।

युुरोपभर लागू गरिएका लकडाउनका कारण त्यहाँको सम्पूर्ण क्षेत्रको कार डिलरसिप, उत्पादन र बिक्री ठप्प भएको छ। युुरोपियन अटोमोबाइल म्यानुुफ्याक्चर एसोसिएसनको आँकडाअनुुसार अप्रिल महिनामा नयाँ कार खरिदका लागि गरिएको रजिस्ट्रेसनमा ७६.३ प्रतिशतको गिरावट आएको छ। 

युुरोपमा गत वर्षको अप्रिल महिनामा ११ लाख ४३ हजार ४६ युुनिट कार बिक्री भएको थियो भने यो वर्षको अप्रिल महिनामा २ लाख ७० हजार ६ सय ८२ युुनिटमात्रै बिक्री भएको एसोसिएसनले जनाएको छ। 

ईयू बजारका सबै २७ वटा देशहरुको कार बिक्रीमा अप्रिल महिनामा दोहोरो अंकको गिरावट देखिएको छ। यसमा पनि सबैभन्दा धेरै नोक्सान इटाली र स्पेनको अटो बजारमा देखिएको छ। यी दुुवै देशको कार रजिस्ट्रेसनमा क्रमशः ९७.६ प्रतिशत र ९६.५ प्रतिशतको गिरावट देखिएको छ। 

त्यस्तै जर्मनीको कार बिक्रीमा ६१.१ प्रतिशत र फ्रान्सको कार बिक्रीमा ८८.८ प्रतिशतको गिरावट देखिएको छ। ईयूमा संलग्न नरहेको बेलायतको कार बिक्रीमा पनि ९७.३ प्रतिशतको कमी आएको असोसियसनले जनाएको छ। 

युुरोपियन युुनियनमा यसअघि मार्च महिनाको कार बिक्रीमा ५५ प्रतिशतको गिरावट देखिएको थियो। मध्य मार्चदेखि युुरोप क्षेत्रका अधिकांश देशहरुले कडा लकडाउन लागू गरेपछि युुरोपका अधिकांश डिलरसिपहरु बन्द भएका थिए। जर्मनीको अर्थतन्त्र मुुख्यगरी कार उद्योग, अटो निर्यात र कार डिलरसिपमा निर्भर रहेकाले जर्मनीमा अप्रिल २० मा खुुलाइएका व्यापारहरुमा अटो व्यवसाय पनि एउटा थियो। 

जर्मनीमा सामाजिक दूरी कायम गर्ने र उचित स्वास्थ्य सुुरक्षा प्रबन्धका साथ अटो व्यवसायलाई खुुलला गर्ने निर्णय गरिएको थियो। डिजेल उत्सर्जनको धोका काण्ड, हरित बन्न परेको दबाब, उपभोक्ताको आकांक्षा पूरा गर्न र वातावरणीय लक्ष्य पूरा गर्न परेका दबाबका कारण केही वर्षदेखि ध्वस्त भएको कार उद्योगको बचावका लागि जर्मनीका कार व्यवसायका प्रमुुखहरुले चान्सलर एन्जेला मर्केललाई कार उद्योगका लागि सहयोगि उपायहरु अबलम्बन गर्न सुुझाव दिएका थिए। 

यसको बाबजुुत पनि एन्जेला प्रशासनले कार उद्योगका लागि विशेष राहत प्याकेज ल्याउने कुुनै इच्छुुकता देखाएको छैन। – एजेन्सी