काठमाण्डौ । के तपाईं यस्तो ठाउँको विषयमा जानकार हुुनुहुन्छ, जहाँ महिलाहरुले प्रयोग गरिसकेको अण्डरवेयर(पेन्टी र ब्रा)मा मानिसहरु लाखौं रुपैयाँको डाक बढाबढ गर्छन् ? अचम्म नमान्नुहोस्, महिलाहरुले प्रयोग गरिसकेको यस्ता भित्री कपडामा यो ठाउँमा पुरुषहरु लाखौं डलर खर्च गर्न तयार हुन्छन् । महिलाले लगाइसकेको यस्तो कपडा त्यसको खरीद मूल्यभन्दा कयौं गुणा बढी मूल्यमा आरामले बिक्री हुन्छ । यो यस्तो ठाउँ हो, जहाँ हजारौं महिला आफूले लगाइसकेको पेन्टी र ब्रा बिक्री गरेर मोटो रकम कमाइरहेका छन् । यसको एक खास कारण रहेको छ । सो कारण सुनेर तपाईं आश्चर्यचकित बन्न सक्नुुहुन्छ । आउनुुहोस्, यस्तो अनौठो ठाउँ र त्यहाँको आश्चर्यको कथाको कारणको बिषयमा जानौं । 

अमेरिकी देश पनामामा दर्ता भएको इकमर्स कम्पनी कयाष्बनचबथ।अयm मा महिलाको अण्डरगार्मेन्ट मात्र बिक्री हुन्छ । यो वेबसाइटले प्रयोग भइसकेका अण्डरगार्मेन्ट मात्र बिक्री गर्छ । महिलाहरुले यो ठाउँमा केही दिन लगाएको ब्रा र पेन्टी आरामले बिक्री गर्न पाउँछन् । यो वेबसाइट २०१५ मा लञ्च भएको थियो । मिडिया रिपोर्टहरुमा कम्पनीका फाउण्डर एलेक्स म्याथ्यूूजले भनेका छन् कि उनको वेबसाइटले तीन सातासम्म कसैले प्रयोग गरेको ब्रा र पेन्टी हालै बिक्री गरी सबैभन्दा राम्रो रकम कमाएको छ । त्यो निकै पुरानो अण्डर गार्मेन्ट सबैभन्दा राम्रो मूल्य दिने क्रेतालाई बिक्री गरिएको थियो । 

सिरियलको एक एपिसोडपछि बिक्रीमा उछाल
ब्रिटिस न्यूजपेपर इण्डिपेन्डेटमा छापिएको रिपोर्टअनुसार नेटफ्लिक्समा आउने सिरियल ‘ओरेञ्ज इज द न्यू ब्ल्याक’को गत वर्षको जुनमा प्रसारण भएको एक एपीसोडपछि यो वेबसाइटको व्यापारमा उछाल आएको हो । यो सिरियलको नायिका पिपरले आफूले प्रयोग गरिसकेको अण्डरगार्मेन्ट बिक्रीका लागि यो वेबसाइटलाई प्रयोग गरेकी देखाइएको थियो । यसपछि गुुगलमा प्रयोग भइसकेका अण्डरगार्मेन्ट कहाँ बिक्री गर्ने भनी अन्य महिलाहरुले पनि तीव्र रुपमा खोजी गरेको पाइयो । त्यसपछि रातारात यो वेबसाइटको व्यापारमा उछाल देखिएको हो । यो इकमर्स कम्पनीका ग्राहकहरुमा १८ देखि ३५ वर्षसम्मका मानिस छन् । 

विशेष खुशीका लागि पुरुषहरुको तछाडमछाड
संस्थापक म्याथ्युका अनुसार सेक्सुुअल प्लेजर(यौनअनुुभूतिको आनन्द)का लागि केटीहरुले प्रयोग गरिसकेका अण्डर गार्मेन्टको  खोजी गर्ने मानिसहरुका लागि इकमर्स कम्पनी एक राम्रो प्लेटफर्म बन्दै गएको छ । तर, उनले आफ्ना ग्राहकसँग सम्बद्ध सबै जानकारी गोप्य राख्ने र सबै ग्राहकको बिषयमा विस्तृत जान्दा पनि नजान्ने दाबी गरेका छन् । 

लाखौं रुपैयाँमा बिक्री हुन्छ प्रयोग भएको अण्डर गार्मेन्ट्स
यो वेबसाइटमा कहिलेकाही त कुनै–कुनै अण्डर गार्मेन्ट्स लाखौं रुपैयाँसम्ममा बिक्री हुने गर्छ । हालै एक युवतीको अण्डर गार्मेन्ट्स यो वेबसाइटबाट ५ हजार अमेरिकी डलरमा बिक्री भएको थियो । एक मिडिया रिपोर्टमा एक अर्की महिलाले भनेकी छिन् कि आफूले प्रयोग गरिसकेको ब्रा र पेन्टी हरेक हप्ता एकदेखि दुुईवटासम्म बिक्री गरेर उनले प्रत्येक साता १०० पाउण्ड डलर कमाउँछिन् । अर्की एक युवतीका अनुसार उनी आफूले लगाइसकेको अण्डरगार्मेन्ट पठाउनुुअघि निकै सचेत हुन्छिन् र आफ्नो व्यक्तिगत विवरणको बिषयमा केही पनि जानकारी दिन्नन् । 

ब्रिटेनमा धेरै लोकप्रिय
प्रयोग भएका ब्रा र पेन्टी बिक्री गर्ने यो साइट अमेरिकी बेवसाइट हो । तर ब्रिटेनका विद्यार्थीमाझ यो वेबसाइट निकै धेरै लोकप्रिय छ । यहाँका विद्यार्थी आफूले प्रयोग गरिसकेको अण्डर गार्मेन्ट बिक्री गरेर अतिरिक्त कमाई गर्छन् । ब्रिटेनकै एक विद्यार्थीले नाम उल्लेख नगर्ने शर्तमा भनेका छन् कि उनले अण्डरवेयरको व्यापार गर्ने यो वेबसाइटमा साइन गरेका छन् र नियमित ग्राहकको रुपमा उनले निकै मोटो रकम समेत तिर्दै आएका छन् । 

साइनअपका लागि मासिक १५ पाउण्ड
यो वेबसाइटको प्रयोग साइनअपपछि मात्र संभव छ । यसका लागि यो कम्पनीले प्रति प्रयोगकर्ता मासिक १५ पाउण्ड शुल्क लिन्छ । कम्पनीका संस्थापकले भनेका छन् कि उनको वेबसाइटमार्फत महिलाहरुले राम्रो अतिरिक्त कमाईको विकल्प पाएका छन् ।