काठमाण्डौ । ग्लोबल आइएमई बैंकले यु.ए.ई एक्सचेञ्जसँगको सहकार्यमा युएई एक्सचेञ्जबाट नेपालमा पैसा पठाउन सहज व्यवस्था मिलाएको छ । 

युएई एक्सचेञ्ज खाडी(गल्फ) मुलुकको सबैभन्दा ठूूलो एक्सचेञ्ज कम्पनी हो । 

खाडी मुलुकमा कार्यरत नेपालीहरुले उक्त एक्सचेञ्ज कम्पनीमार्फत नेपालमा रहेका आफ्ना आफन्तहरुलाई ग्लोबल रेमिटमार्फत पठाएको पैसा छिटोछरितो र सहज रुपमा नेपालमा रहेका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा तथा आइएमई रेमिट्यान्स, बेस्ट रेमिट र एस रेमिटका ७ हजार भन्दा बढी एजेन्टबाट तत्काल भुक्तानी लिन सकिनेछ । 

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै युएई, कतार, बहराईन, इण्डिया, अष्ट्रेलिया, जापान, मलेसिया, दक्षिणकोरिया लगायतका मुलुकहरुका बैंक तथा एक्सचेञ्ज हाउसहरुसंगको सहकार्यमा रेमिट्यान्स कारोबारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आइरहेको छ ।