काठमाण्डौ । संयुक्त अरब इमिरेट्स युएईले आफ्नो भिसा सम्बन्धी प्रावधानमा केही परिवर्तन गरेको छ । 

देशको पर्यटन क्षेत्रलाई बढावा दिने उद्देश्यले युएई सरकारले मल्टीपल इन्ट्री भिसाको थालनी गरेको हो । 

यो नयाँ व्यवस्थाले युएई घुम्न जाने पर्यटकलाई सहजता हुनेछ । यसका साथै युएईलाई टुरिजम हब बनाउने उसको योजनामा मद्धत पुग्नेछ । 

युएई सरकारले अब कुनै पनि देशका पर्यटको टुरिस्ट भिसाको अवधि बढाएर पाचँ वर्षको बनाएको छ । अर्थात युएईको टुरिस्ट भिसाले अब पाचँ वर्षसम्म आवतजावत गर्न मिल्नेछ । यो सम्बन्धी जानकारी युएईको सूचना विभागले ट्वीट मार्फत दिएको हो । 

युएईका प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अलमकुतमले पनि मल्टीपल इन्ट्री भिसा स्कीम सम्बन्धी जानकारी दिंदै गएको एक वर्षमा युएईले २१ मिलियन पर्यटकलाई आकर्षित गर्न सफल भएको बताएका थिए । यसका साथै उनले वर्षेनी युएई घुम्न आउने पर्यटकले भिसा नपाइरहेको अवस्थामा यो नयाँ व्यवस्थाले पर्यटकलाई सहयोग पुग्ने बताए । 

यही वर्ष युएई सरकारले दुबई एक्सपो–२०२० पनि आयोजना गर्दैछ ।