युएई । युएईका नेपालीले ग्लोबल आइएमई रेमिटमा यूएई एक्सचेञ्जमार्फत रेटिम गरे साप्ताहिक रुपमा लाख रुपैयाँ जितन सक्नेछन् ।

नयाँ वर्षको अवसरमा युएइ एक्सचेञ्जले युएईमा कार्यरत नेपाली ग्राहकलाई लक्षित गर्दै  ‘नयाँ वर्षको बहार, जितौँ हरेक हप्ता एकलाख उपहार’ नामक योजना ल्याएको हो ।

यो योजना अन्तर्गत युएई एक्सचेञ्जका कुनै पनि शाखाबाट नेपालमा ग्लोबल आइएमई तथा ग्लोबल बैंकमा पैसा पठाउने ग्राहक लखपति योजनामा सहभागी बन्नसक्ने एक्सचेञ्जका नेपाल बजार प्रमुख सन्तोष प्रसाईंले बताए ।

यो योजना फागुन १७ गतेदेखि सुरु भई बैशाख २ गतेसम्म चल्ने छ ।  

हरेक हप्ता खोलिने चिठ्ठाबाट बिजेता घोषणा हुने एक्सचेञ्जले जनाएको छ । डिजिटल गोलाप्रथाद्वारा बिजेता छानिने र हरेक हप्ता एकजनाले १ लाख रुपैयाँ नगद जित्ने बताइएको छ । 

यहाँ कार्यरत नेपालीलाई बैधानिक बाटोबाट देशमा पैसा पठाउन प्रेरित गर्ने उद्देश्यले बेला बेला एक्सचेञ्ज कम्पनीहरुले यस्ता योजना ल्याउने गरेका छन्। 

अहिले युएइको १ दिराम बराबर नेपाली रुपैयाँको मूल्यांकन ३० रुपैयाँ भन्दा माथि छ ।