-प्रकाश बञ्जारा
यूएई । विदेशमा दुःख गरेको कमाएको कमाई कसरी सुरक्षित गर्ने, सहज ढंगबाट कसरी आफन्तलाई उपलब्ध गराउने वा बचत कसरी गर्ने भन्ने चिन्ता धेरैको हुनसक्छ । यदि तपाई पनि यस्तै चिन्ताबाट गुज्रिरहनुभएको छ भने ढुक्क भए हुन्छ बैधानिक रेमिट्यान्सका थुप्रै सेवक खुलेका छन् प्रवासमा र अलि भिन्न भएर निस्किएको छ सेञ्चुरी कमर्सियल बैंक तथा सेञ्चुरी रेमिट ।  

युएईमा रहेका नेपालीको रेमिट्यान्स साथी सेञ्चुरी पहिलो भने होइन । सेञ्चुरी भन्दा पहिलेबाट अन्य बैंक तथा रेमिट्यान्स कम्पनीहरुले सेवा दिइरहेकै छन्, तर फरक धारबाट भरपर्दो सेवा दिन सेञ्चुरी कम्मर कसेर लागेको छ र हुण्डीले खाँदै लगेको विप्रेषण बजारलाई बिस्तारै आफ्नो कब्जामा ल्याउँदैछ । 

खाडीमा काम गरेर सानो गोजी भर्ने नेपालीलाई बचत गर्नुपर्छ भनेर सिकाउने काममा आफ्नै प्रतिनिधि राखेर यो कम्पनीले युएईका नेपालीलाई सेवा दिन थालेको पनि ६ वर्ष भन्दा बढी भईसकेको छ । पहिलेदेखि नै सेवा दिइरहेका अन्य बंैकभन्दा ढिलो आएको भए पनि बजारमा राम्रो हिस्सा ओगट्न सफल भएको बैंकका युएई प्रमुख नविन पौडेल बताउँछन् । 

सेञ्चुरी कमर्सियल बैंकबाट संचालित सेञ्चुरी रेमिटमार्फत युएईमा रहेका नेपालीहरुले रेमिट्यान्सका साथै बचत खाता तथा मुद्घती खाता समेत खोल्न सकिने पौडेल बताउँछन् । बिजशालासँगको कुराकानीमा पौडेलले युएईबाट बैंक खाता खोलेर बचतको सुरुवात गर्ने नेपालीलाई खाता नम्बर, चेकबुक तथा एटिएम कार्ड समेत यहीँ उपलब्ध गराउने जानकारी दिए । साथै सेञ्चुरीले युएईमा रहेका नेपालीले ऋण लिन चाहेको खण्डमा समेत ऋणको व्यवस्था यहीँबाट गर्ने गरेको छ । 

“यहाँ नियमित रुपमा कमाई गरिरहनुभएका नेपालीहरुलाई ऋण लिएर नेपालमा केही नयाँ कामको थालनी गर्ने चाहना हुदाँ हामी ऋण पनि उपलब्ध गराउँछौ ।” पौडेलले भने । यसरी यहाँबाट ऋण लिन चाहाने नेपालीहरुले झण्झटिलो कागजी प्रक्रिया अपनाउनु पर्दैन, मात्र काम गरिरहेको र नियमित रुपमा पारिश्रमिक लिइरहेको प्रमाण पेश गरे पुग्छ । 

चाँडै नै बैंकले विदेशका नेपालीका लागि आकर्षक ऋणको प्याकेज लिएर आउन लागेको समेत पौडेलले खुलासा गरे । 

सेञ्चुरीको सेवा लिन चाहाने युएईका नेपालीहरुले यहाँ रहेका रोजुकि एक्सचेञ्ज, ईण्डेक्स एक्सचेञ्ज, अल हलिया एक्सचेञ्ज, जयलुकास एक्सचेञ्ज, अल अन्सारी एक्सचेञ्ज, प्रोगेती एक्सचेञ्ज र अन्य अन्तर्राष्ट्रिय मनि ट्रान्सफरबाट सहज रेमिट्यान्स सेवा लिनसक्ने बताइएको छ । 

छिटो, छरितो र सहज रेमिट्यान्सको सुविधाका लागि हरेक एक्सचेञ्जमा नेपाली ग्राहकको सेवामा नेपाली कामदारहरु राखेर सहज वातावरण सिर्जना गरेको बैंकका पौडेल बताउँछन् । उनकाअनुसार बैंकले रेमिट्यान्समार्फत पैसा पठाइसकेपछि नेपालमा रहेका आफन्तलाई “कल एण्ड पे” योजनाअन्तर्गत बैंकबाटै फोन गरेर विदेशबाट पठाएको पैसा नेपालमा प्राप्त भइसकेको र नजिक रहेको फलानो शाखाबाट निकाल्न सकिन्छ भनेर खबर समेत गर्ने गरेको छ । 

सेञ्चुरी बैंकबाट पठाएको पैसा बैंकका अधिराज्यभरका १ सय ६ शाखा कार्यालयका साथै देशभर छरिएका ७ हजारभन्दा बढी एजेन्टबाट भुक्तानी लिन सकिनै बैंकले जानकारी दिएको छ ।