काठमाण्डौ । सोमबार युएस बंगला बिमान दुर्घटनामा मृत्यु भएकामध्ये बंगलादेशको एउटै मेडिकल कलेजमा अध्ययनरत ११ नेपाली विद्यार्थीको मृत्यु भएको खुलेको छ । 

सो कलेजको फाइनल परीक्षा अगाडिको २ महिने विदा मनाउन सो बिमानबाट नेपाल फर्किरहेका १३ मध्ये ११ विद्यार्थीको मृत्यु भएको हो ।

दुर्घटनामा एल्जिना बराल, चारु बराल, पूर्णिमा लोहनी, मिली महर्जन, नीगा महर्जन, सन्जय महर्जन, सन्जय पौडेल, आशा शाक्य, एन्जिला श्रेष्ठ, सरुना श्रेष्ठ र स्वेता थापाको मृत्यु भएको ढाका टिब्यूनको अनलाइन संस्करणले उल्लेख गरेको छ । दुर्घटनामा प्रिन्सी धामी र समिरा ब्यञ्जनकार(रातो घेराभित्रका) गम्भीर घाइते भएका छन्, उनीहरुको उपचार भइरहेको छ । 

यी सबै विद्यार्थी राजीव रबेया मेडिकल कलेज सिलहटका हुन् । कलेजका प्रिन्सिपल अबेद होसेनले घटनापछि कलेजमा रुवाबासी चलेको छ ।