काठमाण्डौ । यूट्यूूबमा च्यानल खोलेर पैसा कमाउन प्रविधि बुुझेका युवापुस्ता मरिमेटेर लागिरहेका छन् । नेपालमा समेत छोटा मुुभी, गीत, डकुमेन्ट्री तथा अन्य रोचक भिडियो युट्यूूबमा हालेर पैसा कमाउनेहरुको संख्या निकै धेरै छ । युट्यूूब च्यानल बनाएर त्यो भिडियो अपलोड गर्ने रचनात्मक काम मात्र भएको छैन, यूट्यूूब धेरैको आम्दानीको राम्रो स्रोत समेत बनिरहेको छ । तर, पैसा कमाउन चाहनेको संख्या अचाक्ली वृद्धि हुन थालेपछि यूट्यूूबले शर्त लगाउन सुरु गरेको छ । अब यूट्यूूबमा च्यानल खोलेर भिडियो लगाउनेहरुले त्यसबेलासम्म आम्दानी गर्न सक्दैन, जतिबेलासम्म उसको च्यानलले १० हजार भ्यूूज हासिल गर्दैन् ।

एजेन्सीहरुका अनुसार यूूट्यूूबले आफ्नो यूूट्यूूब पार्टनर कार्यक्रम(वाईपीपी)मा परिवर्तन गरेको छ, यो कार्यक्रम सन् २००७ बाट सुरु गरिएको थियो । हालसम्म यूट्यूूबमा जोकसैले आफ्नो भिडियो अपलोड गर्नसक्छ र उसको भिडियोको साथमा विज्ञापन देखाइन्छ । ती विज्ञापनबाट प्राप्त आम्दानीको हिस्सा यूट्यूूबले भिडियो अपलोड गर्नेलाई पनि दिन्थ्यो । तर अब कुनै पनि भिडियो १० हजार भन्दा बढीले हेरेपछि मात्र भिडियो बनाउनेलाई युट्यूूबले कमाईको हिस्सा दिनेछ । 

यूूट्यूूबले एक ब्लग पोष्टमा भनेको छ–‘हामी वाइपीपी भिडियोमा त्यतिबेलासम्म विज्ञापन जारी गर्दैनौ, जबसम्म त्यो भिडियो १० हजारले नहेरेका हुन् । यो नयाँ सुरुवातले हामीलाई कुनै पनि च्यानलको बैधता निर्धारित गर्नका लागि पर्याप्त समेत दिनेछ । साथै, यसबाट हामीलाई वाइपीपी कार्यक्रमका लागि सम्बन्धित च्यानल हाम्रो दिशानिर्देश तथा विज्ञापन नीति अनुरुप छ कि छैन भन्ने पत्ता लगाउन समेत सहज हुनेछ ।’ पोस्टमा भनिए अनुसार १० हजारभन्दा बढी दर्शकले भिडियो हेरेपछि सो भिडियोको अपलोडकर्तालाई १० हजारसम्म हुने कमाईको हिस्सा पनि दिइनेछ ।