काठमाण्डौ । यूनाइटेड इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र एकसय प्रतिशत हकप्रद वितरणको घोषणा गरेको छ । 

नेप्सेमा प्रकाशित एक सूचना अनुसार बैशाख ८ गते बसेको कम्पनीको बोर्ड बैठकले १० प्रतिशत बोनस सेयर र बोनस वितरणपछि कायम हुन आउने चुक्तापूँजीको १ बराबर १ को अनुपातमा हकप्रद वितरणको निर्णय गरेको हो । 

यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभा र बिमा समितिबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

यूनाइटेड इन्स्योरेन्सले यसअघि आर्थिक वर्ष २०७१/७२ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

यो बिमा कम्पनीको चुक्तापूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर र त्यसपछि सतप्रतिशत हकप्रद वितरणपछि चुक्तापूँजी वृद्धि भई ६६ करोड ५२ लाखको उचाईमा पुुग्नेछ ।