काठमाण्डौ । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ४ करोड ६ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको खूद नाफा ३ करोड ९२ लाख रुपैयाँ रहेको थियो । 

कम्पनीले यो अवधिमा २६ करोड ९७ लाख कुल बिमा शुल्क आर्जन गरेको छ । अघिल्लोवर्ष यस्तो ३३ करोड ६० लाख रहेको थियो । यसरी बिमा शुल्कतर्फको आम्दानीमा १९.७५ प्रतिशतको गिरावट आएको देखिएको छ । 

कम्पनीले यो अवधिमा १७ करोड ५२ लाख बढीको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो दाबी भुक्तानी ८ करोड ५९ लाखमा सीमित थियो । 

कम्पनीको पुनर्बिमा कमिसनबाट हुने आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष यसतो आम्दानी ३ करोड १६ लाख रहेकोमा यो वर्ष २ करोड ४९ लाखमा सीमित भएको छ । लगानी कर्जा तथा अन्यबाट हुने आय १ करोड ४२ लाख भएको छ । अघिल्लो वर्ष यस्तो आय १ करोड २३ लाख रहेको थियो । 

अघिल्लो वर्षको दोश्रो त्रैमासमा २२ करोड ४८ लाख धनात्मक रहेको जगेडाकोष समीक्षा अवधिमा ४.९ करोडले ऋणात्मक भएको छ । 

यस्तै, बिमा कोषमा १९ करोड ५४ लाख रहेको छ, अघिल्लो वर्ष यस्तो कोषमा १६ करोड १५ लाख रहेको थियो । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १३.४६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५०.६८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९६.२३ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५५०.११ रुपैयाँ कायम भएको छ ।