काठमाण्डौ । यूनाइटेड इन्स्योरेन्स कम्पनीले पनि आफ्ना लगानीकर्तालाई हकप्रदको भारि बोकाउने निर्णय गरेको छ । 

यो कम्पनीको बैशाख २ गते बसेको संचालक समितिको बैठकले चुक्तापूँजी वृद्धिको उद्देश्यले १ बराबर २.४(१० कित्ता बराबर २४ कित्ता)को अनुपातमा हकप्रद सेयरको बिक्री खुलाउने निर्णय गरेको हो । 

बिमा समितिले निर्जीवन बिमा कम्पनीहरुलाई आर्थिक २०७४/७५ भित्र एकअर्ब चुक्तापूँजी पुर्याउनुपर्ने निर्देशन जारी गरेपछि अधिकांश कम्पनीहरुले हकप्रदको बाटो रोजिरहेका छन् । यहीकारण लगानीकर्ता पैसा जुटाउने र लगानी थप्ने दवाबमा छन् ।

हाल यो कम्पनीको चूक्तापूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ । २४० प्रतिशत हकप्रदको बिक्रीपछि चुक्तापूँजी बढेर १ अर्ब २ करोड माथि पुग्नेछ ।