काठमाण्डौ । यूनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भएका छन् ।

असार १ गते बसेको कम्पनीे सञ्चालक समितिको बैठकले इन्स्योरेन्सका नायव महाप्रबन्धक भट्टराईलाई कामु सीईओमा नियुक्त गरेको हो ।

कम्पनीले असार ४ गते सोमबारदेखि लागू हुने गरी भट्टराईलाई सो पदमा नियुक्त गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए.सम्मको अध्ययन गरेका भट्टराईले यूनाईटेड ईन्स्योरेन्स, प्रुडेन्सियल ईन्स्योरेन्स र नेको ईन्स्योरेन्स सहित करिब १९ वर्ष बीमा व्यवसायको अनुभव हासिल गरेका छन् ।