काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ७६२ रुपैयाँ अन्तिम बिक्री मूल्य रहेको यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमीटेडले २४० प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको छ । 

कम्पनीको बिहीबार काठमाण्डौमा स म्पन्न विशेष साधारणसभाले पूँजी वृद्धिका लागि संचालक समितिको ३२३ औं बैठकले पेश गरेका विशेष प्रस्ताव अन्तर्गत १ बराबर २.४ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ । हकप्रद निश्कासनपछि चुक्तापूँजी बढेर १ अर्ब माथि पुग्नेछ । 

विशेष साधारणसभाले अधिकृत पूँजी २ अर्ब र जारी पूँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार कायम गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनी सचिव विदुरबहादुर भूजेलले जानकारी दिएका छन् ।