काठमाण्डौ । युनाईटेड फाईनान्स लिमिटेडको २५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरुका साथ मनाइएको छ। 

काठमाण्डौंमा रहेका सबै कर्मचारीहरुको सहभागितामा प्रभातफेरीबाट सुरु भएको कार्यक्रम काठमाण्डौं लगायत संस्थाका २३ वटै शाखा कार्यालयहरुबाट रक्तदान, खाद्यान्न तथा स्टेशनरी वितरण, ट्राफिक पोष्ट निर्माण लगायतका विभिन्न सामाजिक कार्यहरु संचालन गर्दै मनाईयो । 

यसै अवसरमा संस्थाले सिल्भर जुब्ली बचत खाता तथा सहुलियत कृषि कर्जा कार्यक्रम समेत संचालनमा ल्याएको छ । ‘एक घर एक खाता’को अभियानलाई निरन्तरता दिंदै घरदैलो कार्यक्रमका माध्यमबाट प्रत्येक घर–घरमा एक खाता खोल्ने अभियान समेत संचालनमा आएको छ । 

नेपालकै प्रतिष्ठित भरानाहरुबाट प्रबद्र्धित पुरानो मध्येको यस फाईनान्समा हालै मात्र भारतको प्रतिष्ठित मुत्तुट फाइनान्स रणनीतिक साझेदारका रुपमा भित्रिएको छ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।