काठमाण्डौ । यूनाइेट मोदी हाइडोपावरले निश्कासन गरेको आइपीओमा परम्परागत विधिबाट मात्रै पहिलो दिनमा ७ हजार ५ सय आवेदनबाट ३९ करोडको प्रस्ताव परेको छ । 

१७ करोड २५ लाख मूल्यको १७ लाख २५ हजार कित्ता आइपीओ पहिलो दिन नै दुुई गुणा बढीले ओभरसस्क्राइब्ड भएको हो । 

बिक्री प्रबन्धकको काम गरिरहेको एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडका एक अधिकारीका अनुसार आस्वाबाट परेको आवेदनको यकिन तथ्यांक अर्को साता मात्र आउनेछ । 

पहिलो दिन नै परम्परागत प्रक्रियाबाट मात्र यति धेरै आवेदन परेपछि पूरा अवधिभरि यूनाइटेड मोदीको आइपीओमा निकै धेरैको प्रस्ताव पर्ने देखिएको छ । 

यो जलविद्युत कम्पनीले फागुन १९ गतेदेखि आइपीओ निश्कासन गरेको हो । नेपाल धितोपत्र बोर्डले यो जलविद्युत कम्पनीलाई माघ १९ गते सर्वसाधारणका लागि कुल १७ करोड २५ लाख मूल्य बराबरको आइपीओ निश्कासनको अनुमति दिएको थियो । 

कम्पनीले जारी गर्नेमध्ये ३४ हजार ५ सय कित्ता सेयर कर्मचारीको लागि र सामूूहिक लगानी कोषको लागि ८६ हजार २ सय ५० कित्ता सेयर छुट्याएको छ । बाँकी सेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्ने आइपीओ निश्कासनमा बिक्री प्रबन्धकको काम गरिरहेको एनआइबिएल क्यापिटल मार्केट लिमीटेडले जनाएको छ । 

लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम १५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । 

यो कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड ३ रेटिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको आधारभूत पक्ष औसत रहेको भन्ने हो । 

यूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडले यसअघि ११ करोड ५० लाख रुपैयाँ मूल्यको ११ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र(पर्वत)का बासिन्दाका लागि २०७३ भदौ २६ देखि असोज ९ सम्म निश्कासन गरिसकेको छ । 

यूनाइटेड मोदी हाइड्रोपावरले १० मेगावाट क्षमता र १०.५ मेगावाट क्षमताको गरी कुल २ आयोजना निर्माण गरिरहेको छ । 

यूनाइटेड मोदीले यसअघि नै तल्लो मोदी १ निर्माण गरी २०६९ देखि राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ । १० मेगावाटको तल्लो मोदी १ आयोजना पर्वत जिल्लामा अवस्थित छ । यो कम्पनीले तल्लो मोदी २ जलविद्युत आयोजना सर्वसाधारण बासिन्दाको सहयोगमा निर्माण गर्न लागेको छ ।

आस्वाबाट यसरी आवेदन भर्ने
आस्बा प्रणालीबाट आफ्नो रकम रहेको बैंकमार्फत नै आवेदन दिन सकिनेछ । यसरी आवेदन दिँदा माग गरिएको सेयरको रकम खातामै रोक्का हुन्छ र बाँडफाँड भएपछि सेयर नपरेको रकम फुकुवा हुन्छ।

आस्वाको अनुमति पाएका नेपालका ४१ बैंक तथा बित्तीय संस्था र तिनका देशभरका ७३ जिल्लामा फैलिएका १ हजार ९ सय ७१ वटा शाखाबाट एफपीओमा दरखास्त दिन सकिनेछ । बिक्री प्रबन्धकले सकेसम्म आस्वा प्रणालीको अनुमति पाएका बैंक तथा तिनका शाखाबाट आवेदन दिन समेत लगानीकर्तालाई आह्वान गरेका छन् । कारण, यस प्रणालीबाट आवेदन दिँदा रकम बैंकमै ‘ब्लक’हुने भएकाले खातामा व्याजको नोक्सानी व्यहोर्नुपर्दैन । यस्तै, धितोपत्र बाँडफाँडपछि सेयर नपरेको रकम खातामै जम्मा हुन्छ, अरु बेलाको जस्तो चेक लिन फेरि लाइनमा बसिरहनुपर्ने झञ्झट रहदैन । तर परम्परागत हिसाबले लाइनमा बसेर समेत आवेदन दिने व्यवस्था मिलाइएको छ । 

बिक्री प्रबन्धकका अनुसार आस्वाको अनुमति पाएका ४१ वाणिज्य र विकास बैंकमध्ये कुनै पनि बैंकको शाखा कार्यालयबाट आस्वाको फारम लिन सकिन्छ । आस्वा फारममा आवेदकको पूरा विवरण, सम्बद्ध बैंकमा रहेको उनीहरुको बैंक खाता, उनीहरुको डिम्याट खाता नम्बर तथा आफूले खरीद गर्न चाहेको सेयरको कित्ता संख्या समेत खुलाउनुपर्नेछ । 

त्यसपछि फारम सो बैंकको सम्बन्धित शाखामा दर्ता गर्नुपर्ने हुन्छ । सो क्रममा त्यसको अर्धकट्टी बैंकले आवेदकलाई उपलब्ध गराउनेछ । आवेदकले एउटा बाहेक अन्य बैंकको शाखाबाट फरक फरक आवेदन भर्न पाउने छैनन् । बैंकहरुले ५० हजार भन्दा कमको आवेदनका लागि बढीमा १ सय रुपैयाँ र ५० हजार माथिको आवेदनमा २५० रुपैयाँ सेवा शुल्क लिन पाउनेछन् । 

आस्वा प्रणाली अहिलेसम्म अनिवार्य भने गरिएको छैन । आस्वा प्रणालीबाट फारम भर्न नचाहनेका लागि परम्परागत ढंगले समेत लाइन लागेर फारम भर्ने व्यवस्था मिलाइनेछ । तर, समयको बचत गर्न चाहने, लामो लाइनमा बस्न नचाहनेका लागि भने आस्वा सिस्टमबाट आवेदन दिनु हितकारी हुनेछ ।

आस्वा सेवामा सहभागी बैंक तथा बित्तीय संस्थाहरु :

परम्परागत रुपमा आवेदन दिन सकिने गरी तोकिएको आवेदन संकलन केन्द्र तथा त्यहाँ सम्बद्ध कर्मचारीको नाम र सम्पर्क नम्बर यसप्रकार छ :

१)एनआइबिएल क्यापिटल मार्केटेस लिमीटेड, काठमाण्डौ । सम्पर्क व्यक्ति र फोन : बद्रीप्रसाद प्याकुरेल,४००५०८०

२)सिबीआइएल क्यापिटल लिमीटेड, डिल्ली बजार काठमाण्डौ । सम्पर्क व्यक्ति: सञ्जिव भण्डारी । फोन: ४४१७७२३

३)काठमाण्डौ क्यापिटल मार्केट लिमीटेड, काठमाण्डौ प्लाजा, कमलादी । सम्पर्क व्यक्ति : सुुभाष बस्नेत, फोन : ४१६८६३४

४)भिबोर क्यापिटल लिमीटेड,कृष्णगल्ली, ललितपुर ।  सम्पर्क व्यक्ति : सागर तामांग । फोन:५५५४७९३

५)गोर्खाज् फाइनान्स लिमीटेड, डिल्लीबजार काठमाण्डौ तथा शाखा कार्यालयहरु बौद्ध, न्यूरोड, सातदोबाटो, सूूर्यबिनायक,दमक, धरान, इटहरी, नारायणगढ र बिर्तामोड । सम्पर्क व्यक्ति : मुकुन्द श्रेष्ठ । फोन : ४४३०५२७

६)गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स  लिमीटेड । हरिहर भवन, ललितपुर तथा शाखा कार्यालयहरु चावहिल, हेटौडा, वीरगञ्ज र चारआली(झापा) । सम्पर्क व्यक्ति : अर्चना प्रधान, फोन : ५५३७४०७ । 

७)आइसीएफसी फाइनान्स लिमीटेड, भाटभटेनी काठमाण्डौ तथा शाखा कार्यालयहरु बौद्ध, मैतीदेवी, गोंगबुु, पेप्सीकोला, न्यूरोड र बनेपा । सम्पर्क व्यक्ति : नितेश तिवारी । सम्पर्क : ४४२५२९२ । 

८)सिनर्जी फाइनान्स लिमीटेड कमलादि, काठमाण्डौ तथा शाखा कार्यालयहरु गोंगबुु, न्यूरोड पोखरा र मिलनचोक बुटवल । सम्पर्क व्यक्ति : राजेश पुरी । सम्पर्क: ४४४२४६१ । 

९)हाम्रो विकास बैंक, बिदुर ३, नुवाकोट । सम्पर्क व्यक्ति : राकेश डंगोल । फोन : ०१०५६१७७७ 

१०)ग्रीन डेभलपमेन्ट बैंक लिमीटेड, बाग्लुंग । सम्पर्क व्यक्ति : सुदीप राजभण्डारी । सम्पर्क : ०६८-५२२८६५

११)साझा विकास बैंक लिमीटेड, धनगढी, कैलाली तथा शाखाहरु टिकापुर र महेन्द्रनगर । सम्पर्क व्यक्ति : कमला बजगाई । सम्पर्क:०९१-५२६००६ ।