काठमाण्डौ । यूनाइटेड सिमेन्टले आफ्ना ग्राहकलाई विशेष सहुलियत दिने उद्देश्यका साथ ल्याएको “बहार छायो १५ बोरामा १ बोरा एक्सट्रा आयो” योजना समापन भएको घोषणा गरेको छ ।

यूूनाइटेडले २०७४ असार १५ देखि लागू हुने गरी यो विशेष योजना ल्याएको थियो । सोही योजना अनुसार ग्राहकले १५ बोरा सिमेन्ट खरिद गर्दा १ बोरा सित्तैमा प्राप्त गर्दै आएका थिए । यो योजना भव्य सफलताको साथ यहि कार्तिक १४ बाट समापन गरिएको कम्पनीले जनाएको हो । 

उद्योगले ग्राहकलाई ध्यानमा राखेर सो योजना उपभोक्ता माझ पस्केको थियो र उद्योगको लक्ष्य अनुसार यो योजनाले आम उपभोक्ता लाभान्वित भएका उद्योगको दाबी छ । 

के.एल. दुगड ग्रुपद्धारा उत्पादित युनाईटेड सिमेन्ट गुणस्तरको कारण छोटो समयमा नै उपभोक्तामाझ लोकप्रिय बन्न सफल भएको कम्पनी दाबी गर्छ । 
“हरेक निर्माणको धड्कन, यूनाइटेड सिमेन्ट” भन्ने नाराका साथ अघि बढिरहेको यस कम्पनीले भविष्यमा पनि अझै उत्साहबद्र्धक योजना आफ्ना ग्राहकमाझ पस्कने धारणा व्यक्त गरेको छ ।