काठमाण्डौ । कोरोना महामारीका कारण सबैभन्दा धेरै प्रभावित हवाई उद्योगसँग सम्बन्धित कम्पनीहरुले आफ्ना कर्मचारी कटौति गर्ने क्रम रोकिएको छैन । यसै सिलसिलामा युुरोपको दोस्रो ठूलो विमान कम्पनी एअर फ्रान्स पनि जोडिएको छ । 

एअर फ्रान्सले अबको तीन वर्षभित्र आफ्ना ७५०० कर्मचारी कटौति गर्ने योजना बनाएको जनाएको छ । 

कम्पनीले एक विज्ञप्ति जारी गर्दै कोरोना संकटले निम्त्याएको अनिश्चितताका कारण पुुनर्उत्थानको प्रक्रिया एकदमै सुुस्त गतिमा भइरहेकाले कर्मचारी कटौति गर्नुुपरेको उल्लेख गरेको छ । 

कम्पनीले कटौति गरिने कुल कर्मचारी संख्यामध्ये ६५६० जना एअर फ्रान्सबाट र १०२० जना आफ्नो क्षेत्रिय हवाई कम्पनी होपबाट कटौति गर्ने जनाएको छ । 

कम्पनीले फ्रान्समा कोरोना महामारी उच्च विन्दुुमा रहेका बेला कम्पनीको आम्दानी ९५ प्रतिशतले घटेको र अहिले पनि प्रतिदिन १५ मिलियनका दरले गुुमाउनुु परिरहेको उल्लेख गरेको छ । 

कम्पनीले सन् २०२४ सम्म पनि महामारी पूर्वको अवस्थामा कम्पनी आउन नसक्ने स्पष्ट पारेको छ ।