काठमाण्डौ । यूरोप समेत कैयन देशहरुमा केहीबेरअघि हालसम्मकै सबैभन्दा ठूलो एकसाथ साइबर आक्रमण भएको छ । कैयन ठूला संगठन र संस्थाहरुमा भएको साइबर आक्रमणका कारण ती देशका कम्प्युटरहरुले काम गर्न छाडेका छन् । बीबीसीका अनुसार साइबर आक्रमणका कारण प्रभावित सयौं संस्था तथा कम्पनीहरुले आफ्ना कम्प्युटर लक भएका र त्यसबापत पैसा मागिएको स्क्रीनसट पोस्ट गरेका छन् । 

 

Ransomware stops you from using your PC. It holds your PC or files for "ransom". 

There are different types of ransomware. However, all of them will prevent you from using your PC normally, and they will all ask you to do something before you can use your PC.

They can target any PC users, whether it’s a home computer, endpoints in an enterprise network, or servers used by a government agency or healthcare provider.

Ransomware can:

  • Prevent you from accessing Windows.

  • Encrypt files so you can't use them.

  • Stop certain apps from running (like your web browser).

Ransomware will demand that you pay money (a “ransom”) to get access to your PC or files. We have also seen them make you complete surveys.

There is no guarantee that paying the fine or doing what the ransomware tells you will give access to your PC or files again.

Microsoft Corporation

 

ब्रिटेन, अमेरिका, चीन, रुस, स्पेन, इटली, भियतनाम र अन्य कैयन देशहरुमा रेन्समवेयर नामको भाइरसबाट साइबर आक्रमण भएको खबर छ । यो भाइरसले केही महिनाअघिदेखि विश्वभरि आतंक मच्चाइरहेको छ । अर्काको कम्प्युटरमा यो भाइरस प्रवेश गराएर महत्वपूर्ण फाइल, फोल्डर लक गरिदिने र त्यो लक खोल्नका लागि घूस माग्ने यो भाइरसको प्रमुख विशेषता हो । उसले तोके जति पैसा पठाएपछि मात्र कम्प्युटरको लक खोलिदिने गरेको छ । यसले पछिल्लो समय विश्वभरि आतंक मच्चाइरहेको छ । 

एक साइबर सुरक्षा शोधकर्ताको ट्वीटलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार शुक्रबार रातिदेखि एकसाथ भएको साइबर आक्रमणको क्रममा हालसम्म ३६ हजार भन्दा बढी कम्पनी तथा संस्थाहरुले आफ्ना कम्प्युटर ह्याक भएको जनाएका छन् । 

ब्रिटेनको नेशनल हेल्थ सर्भिस पनि रेन्समवेयर भाइरसबाट पूर्ण प्रभावित बनेको मिडिया रिपोर्टमा उल्लेख छ । ह्याकर्सहरुले ब्रिटेनका नेशनल हेल्थ सर्भिससँग जोडिएका हजारौं कम्प्युटरलाई एकसाथ निशाना बनाएका छन् । 

यस्तै, समाचार एजेन्सी एपीका अनुसार इंग्ल्याण्डका कयौं अस्पतालका कम्प्युटरमा समेत यस्तै समस्या देखिएको छ । त्यहाँका अधिकारीहरुका अनुसार जुन जुन कम्प्युटर ह्याक भएका छन्, ती कम्प्युटर खोल्न खोज्दा एउटा म्यासेज आउने गरेको छ र त्यहाँ लेखिएको छ कि लक भएको फाइल रिकभर गर्न चाहने हो भने पैसा तिर्नुपर्ने हुन्छ । 

रेन्समवेयर एक कम्प्युटर भाइरसको नाम हो । यसले सुरुमा कम्प्युटर्स फाइललाई बर्बाद गरिदिने धम्की दिन्छ । त्यसैमा भनिन्छ, यदि फाइल बचाउने हो भने पैसा तिर्नुहोस् । यो भाइरसले कम्प्युटरमा रहेका फाइल तथा भिडियोहरुलाई इनक्रिप्ट गरिदिने र पैसा पाएपछि ती फाइलहरुलाई डिक्रिप्ट गरिदिन्छ । यो भाइरसले फाइल लकलाई अनलक गरिदिनका लागि आवश्यक फिरौति चुकाउनका लागि निश्चित समय नै तोकेर धम्की दिन्छ । उसले तोकेको समयमा पैसा नपाए फिरौति(लक फाइललाई अनलोक गर्दा लिइने रकम)को राशि बढ्दै जान्छ ।